Logo

ट्युनिसिया विश्वकप फुटबलका लागि छानियो



काठमाडौं, २६ कात्तिक । मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । अफ्रिकी समूहको छनोटअन्तर्गत शनिबार राती भएको खेलमा आईभोरी कोष्टलाई २-० ले हराउँदै मोरक्को विश्वकपमा छनोट भएको हो ।

आईभोरी कोष्टलाई उसैको मैदानमा पराजित गर्न मोरक्कोका डिरार र बेनातियाले एक/एक गोल गरे । हारपछि आईभोरी कोष्ट भने विश्वकपमा छनोट हुन सकेन ।

गएराति भएको अर्को खेलमा लिबियासँग गोलरहित बराबरी खेलेको ट्युनिसिया पनि विश्वकपमा छानिएको छ ।यो समुहका ६ खेलबाट ट्युनिसियाले १४ अंक जोड्यो भने १३ अंकसहित दोस्रो स्थानमा रहेको प्रजातान्त्रिक गणतन्त्र कंगो विश्वकप छनोट हुन सकेन ।

अफ्रिकी समूहबाट नाईजेरिया यसअघि नै विश्वकपका लागि छनोट भईसकेको छ । बाँकी दुई टोलीको टुंगो लाग्न बाँकी छ ।उता विश्वकप छनोट अन्तर्गत युरोपेली प्ले अफ्को खेलमा रिपब्लिक अफ आयरल्याण्डले डेनमार्कसँग गोलरहित बराबरी खेलेको छ ।

डेनमार्कमा शनिबार राती भएको खेल बराबरीमा सकिएपछि अब आयरल्याण्डमा हुने खेलले विश्वकपमा छानिने एक टोलीको टुंगो लाग्ने छ ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्