Logo

मुलुकको समृद्धिको लागि बाम गठबन्धन बनेको हो : पुर्वमन्त्री नायक



मिर्चैया, (सिरहा) २६ कात्तिक । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अजय शंकर नायक अविनाशले मुलुकको विकासको लागि एमाले र माओवादी केन्द्रको गठबन्धन बनेकोले जनताको साथ चाहिएको बताएका छन् ।

वाम गठबन्धनलाई जनताको साथ र तागतको आवश्यकता रहेको बताउँदै उनले अबको निर्वाचनमा बाम गठबन्धनलाई विजयी गराउनुपर्ने समेत धारणा राखे । सिराहाको मिर्चैया नगरपालिकास्थित् जीवाहामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको विकास र समृद्धिका निर्माण भएको गठबन्धनलाई अब जनताको साथ र तागतको आवस्यक रहेको बताएका हुन ।

सिरहा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाको लागि बाम गठबन्धनबाट उम्मेद्धवार समेत रहेका नायकले गरिबी हटाउने, स्वदेशमै रोजगारको ब्यवस्था गर्ने लगायत जनताको आधारभुत आवश्यकता पूरा गर्ने सङ्कल्प सहित स्थिर सरकार निर्माणका लागि वाम एकता भएको धारणा राखेका थिए ।

वाम एकताबाट जनता उत्साहित रहेकोे बताउदै उनले एकतापछी मुलुकको विकास र समृद्धि नचाहनेको निन्द्रा हराएको बताए ।



प्रतिक्रिया दिनुहोस्