Logo

बामपन्थीहरुको स्थिर सरकारले मात्रै देशको मुहारमा कायालपलट ल्याउन सकिन्छ : प्रचण्ड



चितवन, २६ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार पुष्पकमल दाहाल “प्रचण्ड”ले चितवनलाई नमूना जिल्ला बनाउनको लागि आफ्नो उम्मेद्धवारी रहेको स्प्ष्ट पारेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफू जित्नैको लागिमात्र चितवन नआएको स्पष्ट पारे । उनले चितवनको समग्र बिकासका लागी आफ्नो उमेद्वारी रहेको बताए ।

दाहालले भने, ‘चितवनलाई तिब्र बिकासको आवश्यकता छ । बिकास र सम्बृद्दी मार्फत चितवनलाइ देशकै नमुना जिल्ला बनाउनु चाहिँ मेरो उम्मेदवारी हो ।’

प्रचण्डले बामपन्थीहरूको स्थिर सरकारले मात्र देशको मुहारमा कायापलट ल्याउन सकिने दाबी गरे । बामपन्थीहरूको एकता रास्ट्रको एकता भएको बताउँदै अध्यक्ष प्रचन्डले काग्रेसलाई पनि बृहद प्रजातान्त्रिक एकता कायमगरी आगाडी बढ्न सुझाब दिए ।

 



प्रतिक्रिया दिनुहोस्