Logo

एकता हुने भएपछि दक्षिणपन्थी र काँग्रेस अत्तालिएका छन् : झलनाथ खनाल



इलाम, २६ कात्तिक (रासस): नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आसन्न निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने जिकिर गर्नुभएको छ ।

माई नगरपालिका– १० मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेर मुलुकलाई समाधान दिने बताउनुभयो । “वाम गठबन्धन अब एकताको प्रक्रियामा अघि बढेको छ, एकता हुने भएपछि दक्षिणपन्थी र काँग्रेस अत्तालिएका छन्,”, उहाँले भन्नुभयो ।

निर्वाचनपछि आर्थिक समृद्धिको बाटामा मुलुकलाई उन्मुख गराउने नयाँ योजनाका साथ वाम गठबन्धन गरिएको उल्लेख गर्दै उहाँले गठबन्धनका उम्मेदवारमाथिको आक्रमण सुनियोजित भएको टिप्पणी गर्नुभयो ।

इलामलाई पर्यटकीय जिल्लाका रूपमा अघि बढाउने योजनाका साथ आफू निर्वाचनमा होमिएको बताउँदै पूर्वप्रधानमन्त्री खनालले यहाँका अन्तु, कन्याम, सन्दकपुर र माइपोखरीको पर्यटनलाई माथि उकास्ने खालका नयाँ योजना ल्याइने जानकारी दिनुभयो ।
––––



प्रतिक्रिया दिनुहोस्