Logo

अनुराधा कोइराला कांग्रेशमा प्रवेश



काठमाडौं, २६ कार्तिक । बरिष्ठ समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई पार्टीमा प्रवेश गराएका हुन् । ‘सिएनएन हिरो’बाट सम्मानित कोइराला चेलीवेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय छिन् ।

कोइरालाले मुलुकको आर्थिक समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएकाले कांग्रेसमा प्रवेश गरेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी समेत दिईन् । उनले भनिन्,‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो, लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ।’



प्रतिक्रिया दिनुहोस्