Logo

२ नं प्रदेशमा मधेस सरकार बन्ने भण्डारीको विश्वास



महोत्तरी, २६ कात्तिक : राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले जनताले मधेशका शहीदको सम्मानस्वरुप राजपा नेपालको गठबन्धनलाई विजयी बनाएर २ नं प्रदेशमा मधेश प्रदेश सरकार बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गृह जिल्ला महोत्तरीको औरहीस्थित आफ्नै निवास आज बिहान पत्रकारसँग कुरा गर्दै महोत्तरी क्षेत्र नं २ मा राजपा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका भण्डारीले अब बन्ने केन्द्रीय सरकार राजपा र संघीय समाजवादी फोरम नेपालविना बन्न नसक्ने ठोकुवा गर्नुभयो ।

अब यो निर्वाचनपछि हरेक विभेदलाई संविधान संशोधनमार्फत अन्त्य गरिने धारणा उहाँले राख्नुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्