Logo

चुनावपछि पार्टीको नेतृत्व युवाले लिन्छन् : कांग्रेस नेता गगन थापा



कात्तिक २६, काठमाण्डौ । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका शीर्ष नेताहरुलाई विस्थापित गरेर युवा पुताले पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका छन् । हिमालयन टेलिभिजनको कार्यक्रम धमलाको हमलामा कुरा गर्दै नेता थापाले पार्टीलाई मजबुत बनाउन र जनप्रिय बनाउनका लागि आफू सक्षम भएको बताउँदै पार्टीको नेतृत्व गर्न तयार रहेको बताए ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थापाले आफूले चुनाव जितेपछि कांग्रेसको नेतृत्व परिवर्तन वा सक्षम जे आवश्यक छ, त्यही बाटोमा अग्रसर हुने बताए ।

चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई प्रधानमन्त्री बनाउने सम्भावना नभएको तर्क गर्दै थापाले अब देशकै नेतृत्व लिन आफू तयार रहेको बताए ।
केही दिनअघि चुनाव प्रचारका नाममा बद्री पंगेनीले आफूविरुद्ध झुटो प्रचार गरेको भन्दै थापाले असन्तुष्टी जनाएका छन् । क्षेत्र नम्बर ४ कै एमाले उम्मेदवार राजन भट्टराईको चुनावी सभामा गएर पंगेनीले गीतमार्फत थापालाई जनता ठग्ने फटाहा भनेका थिए ।

थापासँगको कुराकानी आइतबार राती ८ः५ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने छ ।



प्रतिक्रिया दिनुहोस्