Logo

कांग्रेसले देशभरबाट प्रत्यक्षतर्फ ३३ सिट जित्ने आन्तरिक प्रक्षेपण



कात्तिक २६, काठमाण्डौ । नेपाली कांग्रेसको आन्तरिक अध्ययनले देशभरीबाट प्रत्यक्षतर्फ जम्मा ३३ सिट जित्ने देखाएको छ । वाम गठबन्धनका कारण कम्तिमा ३३ सिट जित्ने अनुमान गरेको कांग्रेसले बढिमा ४५ सिटसम्म जित्ने अनुमान गरेको छ ।

चुनावी रणनीतिमा पनि जित्ने सम्भावना भएका क्षेत्रका उम्मेदवारलाई मात्र प्राथमिकता दिएर केन्द्रले प्रचारमा सहयोग गर्ने भएको छ । हार्ने चुनावमा धरै मिहिनेत नगरी जित्ने सम्भावना बढि भएका क्षेत्रका उम्मेदवारलाई मात्र सघाउँदा बढि फाइदा हुने निष्कर्ष कांग्रेसले निकालेको छ ।



प्रतिक्रिया दिनुहोस्