Logo

काँगे्रस उम्मेदवार पन्थीको चुनावी प्रचार शैली यस्तो



कौरव खत्री :गुल्मी २७ कात्तिक । गुल्मीमा चुनावी सरगर्मी बढिरहेको अवस्थामा नेपाली काँगे्रसका उम्मेदवारहरु पनि आफ्नो पक्षमा भोट माग्न र काँगे्रसलाई जीत बनाउन जनताहरुको घरदैलो मात्र होइन खेतबारीमा समेत पुगेर मतदाताहरुको मन जित्न थालेका छन् ।

यस्तै काँगे्रसले निर्वाचन क्षेत्र नं. २ गुल्मीले चुनाव प्रचार प्रसार अभियान अन्तर्गत गाँउ गाँउमा चुनावी सभा र मतदाताहरुलाई गाँउघर र खेतवारी समेत पुगेर आफूलाई मत मागिरहेका छन् ।

चुनावी भेटघाट अभियानको क्रममा नेपाली काँगे्रस क्षेत्र नं. २ का (क) प्रदेशसभा सदस्यका उम्मेदवार शालिकराम पन्थीले खेतवारीमै पुगेर किसानहरुलाई भेटेर भन्नुभयो,देशको हरेक परिवर्तन ल्याउने र विकास र निकासको पार्टी भनेकै काँग्रेस भएको हुदा अव काँग्रेसले आर्थिक समृद्धि र संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाको लागि आफूलाई मत दिन मतदाताहरुलाई आग्रह गनुभयो ।

चुनावी सभा मात्र नभएर पन्थीले चुनावी प्रचार शैली परिर्वत गरि मुसिकोट,पौदीअमराई वामी लगायतका विभिन्न गाँउटोल र मतदाताहरुको घरदैलो हुदै किसानहरुको खेतबारीमा खेतीपाती भित्र्याउन र बाली लगाउन व्यस्त भएपछि खेतवारीमै पुगेर किसानहरुसँग भेटेर काँगे्रसको इतिहास नभुल्न आग्रह गदै उम्मेदवार पन्थीले किसानहरुसँग भोट मागिरहनु भएको छ ।

यतिबेला उम्मेदवार पन्थी लगायत गुल्मीका सबै निर्वाचन क्षेत्र प्रतिनिधिसभा तथा प्रदेशसभाहरुमा काँगे्रसले आफ्नो चुनावी सभा र प्रचार प्रसारलाई गाँउटोल र मतदाताहरुको घरदैलोमा केन्द्रित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्