Logo

प्रचण्डद्वारा एकै दिन दस काेण सभालाई सम्बाेधन



कार्तिक २६, भरतपुर। चुनावी अभियानका क्रममा अाइतबार माअाेवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं.-३ का उम्मेद्वार प्रचण्डले भरतपुर महानगरका १५, १६ र १९ नम्वर वडामा अायाेजित दस वटा काेण सभालाई सम्बाेधन गर्नुभयाे।

अभियानका क्रममा अध्यक्ष प्रचण्डले जनतासँग अन्तरक्रिया गर्नुका साथै स्थानीय जनताका समस्याबारे चासाे राख्नु भएकाे थियाे। अभियानमा माअाेवादी नेता अमिक शेरचन, क्षेत्र नं. ३ (क) का उम्मेद्वार कृष्ण भूर्तेल, एमाले नेता देवी ज्ञवाली लगायतका नेताहरुकाे उपस्थिति रह्याे।

कार्यक्रम – १ (मंगलपुर) : 

अाइतबार बिहानै अध्यक्ष प्रचण्डले भरतपुर-१६ काे मंगलपुरमा अायाेजित चुनावी काेणसभालाई सम्बाेधन गर्नुभयाे। कार्यक्रममा अध्यक्ष प्रचण्डले दस वर्ष विचार निर्माण, दस वर्ष जनयुद्ध र दस वर्ष शान्ति प्रकियामा बितेकाे भन्दै अबकाे दस वर्ष विकास र समृद्धिमा लगाउने धारणा राख्नु भयाे।

कार्यक्रम – २ (फूर्तिचाेक):

दाेस्राे कार्यक्रमका रुपमा प्रचण्डले भरतपुर-१६ काे फूर्तिचाेकमा अायाेजित कार्यक्रमलाई सम्बाेधन गर्नुभयाे। कार्यक्रममा प्रचण्डले विचार मिलेका कारण एमाले-माअाेवादी बीच पार्टी एकता हुन लागेकाे बताउनु भयाे।

कार्यक्रम – ३ (शरणपुर):

अाइतबारकाे तेस्राे कार्यक्रमका रुपमा प्रचण्डले शरणपुरका जनतालाई सम्बाेधन गर्नुभयाे। घरदैलाे अभियानका क्रममा प्रचण्डले जनताका समस्या, विकास निर्माणकाे अवस्था लगायतका विषयमा अन्तरक्रिया र अवलाेकन गर्नुभएकाे थियाे।

कार्यक्रम – ४ (शिवघाट):

चुनावी अभियानमा प्रचण्डले जनतालाई अभिवादन गर्दै शिवघाट क्षेत्रमा घरदैलाे अभियान सञ्चालन गर्नुभयाे। घरदैलाेका क्रममा प्रचण्डले भन्नुभयाे, “चितवनकाे विकासमा मेराे जाेड छ। चुनावपछि बलियाे बामपन्थी सरकार बन्छ। त्यस अवधिमा मैले चितवनका सबै कच्ची सडकहरु कालाेपत्रे गर्ने याेजना बनाएकाे छु। तटबन्धसहित नारायणी र राप्तिमा रिङराेड बनाइनेछ।”

कार्यक्रम – ५ (विजयनगर):

अाइतबारकाे पाँचाैं कार्यक्रमका रुपमा प्रचण्डले विजयनगरमा अायाेजित काेण सभालाई सम्बाेधन गर्नुभयाे। सभालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “देशका ठूला पार्टीहरु मिलेर अघि बढ्नुपर्छ। एमाले-माअाेवादी गठबन्धनबाट कांग्रेस अात्तिन जरुरी छैन, नेपाली कांग्रेसले पनि विचार मिल्ने शक्तिहरुसँग एकता गर्नु राम्राे हुन्छ।”

कार्यक्रम – ६ (घुम्तीचाेक):

अाइतबार नै प्रचण्डले चुनावी अभियानमा भरतपुर-१५ घुम्तीचाेकमा अायाेजित काेण सभालाई सम्बाेधन गर्नुभयाे। सम्बाेधनका क्रममा अध्यक्ष प्रचण्डले अबकाे युग समृद्धिकाे युग भएकाे बताउँदै त्यसका लागि स्थीर सरकार निर्माण गर्न लागिएकाे बताउनु भयाे ।

कार्यक्रम – ७ (रामपुर):

साताैं कार्यक्रमका रुपमा अध्यक्ष प्रचण्डले रामपुरकाे काेण सभालाई सम्बाेधन गर्नुभयाे। सभालाई सम्बाेधन गर्दै प्रचण्डले भन्नुभयाे, “१९ नम्वर वडा नेपालमै चर्चाकाे विषय बन्याे। १९ नम्वर वडामा जुन घटना घट्याे, त्याे इतिहासकै दुर्भाग्यपूर्ण घटना हाे, त्यसबाट हामीले शिक्षा लिनुपर्छ। त्यस्ता घटना दाेहाेरिन दिनु हुँदैन।”

कार्यक्रम – ८ (शारदानगर टाउन):

“समृद्ध चितवन हाम्राे संकल्प हुनुपर्छ। अब विकासका लागि प्रतिस्पर्धा गर्ने हाे। लाेकतान्त्रिक प्रणालीमा समृद्धिकाे प्रतिस्पर्धा जनताले चाहेका छन्” प्रचण्डले भन्नुभयाे, “कम्युनिष्टहरुकाे एकताले देशमा स्थीरता दिन्छ। पार्टीहरुले विकासका लागि प्रतिस्पर्धा गर्ने वातावरण बन्छ।”

कार्यक्रम – ९ (गुञ्जनगर) :

नवाैं कार्यक्रमका रुपमा प्रचण्डले भरतपुर गुञ्जनगरकाे चुनावी सभालाई सम्बाेधन गर्नुभयाे। सम्बाेधनका क्रममा उहाँले चितवनकाे पूर्वाधार विकासकाे अवस्था नजिकबाट नियालेकाे बताउँदै चितवनकाे विकासकाे नेतृत्व अाफूले गर्ने बताउनु भयाे।

कार्यक्रम – १० (रानी पाेखरी):

अाइतबारकाे अन्तिम कार्यक्रमका रुपमा अध्यक्ष प्रचण्डले रानीपाेखरीकाे काेण सभालाई सम्बाेधन गर्नुभयाे। अाइतबार दिनभर अध्यक्षले स्थानीय जनतासँग अन्त्रक्रिया, विकास अायाेजनाहरुकाे निरीक्षण गर्नुभएकाे थियाे।



प्रतिक्रिया दिनुहोस्