Logo

मन्त्रिपरिषद बैठक : बुढीगण्डकी निर्माणको जिम्मा चीनीयाँ कम्पनीलाई दिने सम्झौता खारेज



काठमाडौं, २७ कात्तिक । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय खारेज गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको ऊर्जामन्त्री कमल थापाले जानकारी दिएका छन् ।
अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै मन्त्री थापाले संसदीय समितिको निर्देशन बमोजिम खारेज गरिएको भन्दै उनले आफ्ना स्टाटस समेत पोष्ट गरेका छन् ।

तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व रहेको सरकारका पालामा यो सम्झौता हुँदा कांग्रेस सरकारको प्रमुख घटक थियो । कांग्रेसको समेत संलग्नतामा रहेको क्याबिनेटले बूढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्