Logo

कम्युनिष्टकै बलले संविधान जारी : महासचिव पोखरेल



काठमाडौँ, २७ कात्तिक : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले अहिलेको संविधान लेख्ने र जारी गर्ने विषयमा अगुवाई गर्ने कम्युनिष्ट नै भएको बताउनुभएको छ ।

पार्टीको काठमाडौँ महानगरपालिका–४ वडा कमिटीले आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले काँग्रेसलगायत केही पक्षले संविधान जारी गर्नका लागि खुट्टा कमाएको अवस्थामा कम्युनिष्टकै बलले संविधान जारी भएको बताउनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएका पोखरेलले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तन र जनतालाई अधिकारसम्पन्न बनाउने विषयमा कम्युनिष्टको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गर्नुभयो ।

आफू त्यस क्षेत्रको पूर्वाधार निर्माण तथा स्थानीय विकासका लागि सदैव प्रतिवद्ध रहेको बताउँदै उहाँले भन्नुभयो– “जनताले यहाँ मलाई चिन्न कुनै समस्या छैन, हार्दा पनि यहाँका जनताको साथमा छु । विकास निर्माणका हरेक काममा साथ दिएको छु ।”

विगतमा कहिले जित र कहिले हारभएको भएपनि यसपटक आफ्नो जित सुनिश्चित भएको बताउँदै उहाँले भन्नुभयो, ‘म कहीँ कतैबाट पोखिएर उम्मेदवार बनेको होइन । यस क्षेत्रमा सामाजिक सम्बन्ध स्थापित गरेको छु । यो पटक जित सुनिश्चत छ ।” (रासस)



प्रतिक्रिया दिनुहोस्