Logo

बामगठबन्धन संखुवासभाको विकास भन्दापनि सत्ता प्राप्तीका लागि हो : नेता खड्का



(संखुवासभा) २८ कात्तिक । नेपाली काँग्रेसका युवा नेता दिपक खड्काले नाटकीय रुपमा गरेको बाम गठबन्धन लामो समयसम्म नटिक्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस संखुवासभाबाट प्रतिनिधी सभाको उम्मेद्वार बन्नुभएका नेता खड्काले आज सभापोखरी गाउँपालिकाको बाह्रबिसेमा आयोजिक चुनावी सभालाई सम्बोधन गर्दै प्रक्रिया नपु¥याई गरेको गठबन्धन लामो समय टिक्न नसक्ने बताउनुभयो ।

उहाँले बाम एकता जिल्लको विकास भन्दापनि सत्ताप्राप्तीका लागि भएको बताउनुभयो । “एमाले लामो समयसम्म सरकारमा जान नपाएकाले बाम एकता गरेको हो,”– नेता खड्काले भन्नुभयो ।

नेता दिपक खड्काले संखुवासभा जिल्लालाई प्रदेश नं १ कै नमूना जिल्ला बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाँले एक नम्बर प्रदेशलाई चाहिनेजति स्रोतसाधन पु¥याउने गरी काम गर्ने बताउनुभएको हो ।

नेता खड्काले लामो समय जिल्लाको नेतृत्व गरेको कम्युनिष्टले संखुवासभाको विकासमा काम गर्न नसकेको आरोप लगाउँदै आफु सांसद बनेपछि व्यक्तिगत तथा सांसद विकास कोषको खर्चमा धेरै काम गरेको स्पष्ट पार्नुभयो ।

 



प्रतिक्रिया दिनुहोस्