Logo

कछुवाको गतिमा निर्माण हुदै सर्लाहीको नवलपुर–मलंगवा सडक 



अनवर अहमद । सर्लाही २८ कार्तिक  । हुलाकी राजमार्ग अन्र्तगत पर्ने २६ कि.मि.सर्लाहीको नवलपुर–मलंगवा सडक खण्डको निर्माण कार्य कछुवाको गतिमा अगाडी बढि रहेको छ ।
करिब ५० करोरको लागतमा निर्माण भइरहेको यो सडक २०७५ असोज मसान्त सम्म सम्पन्न गर्नुपर्ने सम्झौता गरिएको छ । सम्झौताको समय झण्डै १० महिना बाकी रहदा पनि सुस्त गतिमा निर्माण भईरहेको नवलपुर–मलंगवा सडक समयमै सम्पन्न नहुने सम्भावना बढेको छ । २४ महिना (२ वर्ष भित्र) २६ कि.मि.दुरीको यो सडक निर्माण गर्न सरकारले १३–१३ कि.मि गरि दुई निर्माण कम्पनीसंग सम्झौता गरेको छ ।
नवलपुर देखि सिरसिया १३ कि.मि. सडक हिनडुङ्ग एण्ड थोकर-हिरा एण्ड नमिता जे.भि.लाई त्यस्तै  सिरसिया देखि मलंगवा सम्म १३ कि.मि.रमना÷आशय जे.भि संग सडक निर्माण गर्न सम्झौता गरेको छ । निर्माण कम्पनीहरुले २६ कि.मि. पर्ने उक्त सडकमा आवश्यक्ता अनुसार कल्भर्ट,सडक छेउमा पर्ने गाउ (वार्ड) मा स्लेभ सहितको नाला र म्द्यक्त् पिच (कालोपत्रे) गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
रमना-आशय जे.भि.का संचालक (ठेकेदार) नागेन्द्र साह कैे मान्ने हो भने २४ महिना भित्रमा निर्माण गर्नु पर्ने उक्त सडकको सम्झौतामा १४ महिना बितिसक्दा पनि अहिले सम्म ३० प्रतिसत काम मात्र सम्पन्न भएको उनले स्विकारे छन । सडक निर्माणमा कल्भर्टको काम ७५ प्रतिसत,माटोको ८०,ग्रेभलको ७५ र नाला निर्माण कार्य सुरु भईसकेको ठेकेदार साहले बताउनु भयो ।
ठेकेदारले साहले प्रशासन,तथा नगरपालिकाले सडक मा पर्ने खाली गराउनुपर्ने ठाउ खाली नगरेकोले ढिलाई भईरहेको बताउनु भयो ।  यसरी निर्माण कार्य सम्झौताको अवधि अब करिब ८ महिना बाकी छदा मा ३० प्रतिसत काम सम्पन्न भएकोले समयमै सडक पिच (कालौपत्रे) हुनेमा शंका उत्पन्न भएको हो । दिनहु हजारौ सवारी साधन आवागमन गर्ने यो सडक करिब १० वर्ष देखि जिर्ण अवस्थामा छ । सर्लाहीबाट छिमेकी मुलुक भारत  जोडने मुख्य सडक पनि यहि हो ।
हुलाकी राजमार्ग अन्र्तगत पर्ने यो सडक बनाउन सरकारले पनि नसोचेको होईन,सरकारले उक्त सडक बनाउन २०६८  साल मै भारतीय कम्पनी भिष्वा कन्सट्रक्सन नामक निर्माण कम्पनी संग सम्झौता गरेको थियो । केहि मात्रामा भए पनि २०७१ साल सम्म उक्त निर्माण कम्पनीले काम पनि गर्यो । तर स्थानीय प्रशासनले सडकको मापडण्डमा पर्ने अतिक्रमित घर–टहरा नहटाएको बहाना खेप्दै काम गर्न नसकेपछि कम्पनीले आफनो करोरौको आधा दर्जन ट्रीपर गाडी सर्लाही मै छोडेर भागेका थिए ।
सडक जिर्ण हुदा झण्डै ३० मिनेटमा नवलपुर–मलंगवा को यात्रा तय गरिने उक्त सडकमा अहिले ९० मिनेट को जेखिनपुर्ण र कष्टकर यात्रा गर्न बाध्य छन यात्रीहरु । यति मात्र नभई सडक जिर्ण हुदा सडकबाट उडेको धुलोले यात्री तथा सडक छेउमा घरभएका स्थानीयले धुलोबाट लाग्ने  विभिन्न रोग किन्न बाध्य भएका छन । सडकबाट उडेको धुलो ले स्थमा,छालारोग,आखामा समस्या हुने तथा क्यान्सर जस्ता घातक रोग समेत लाग्ने सम्भावना रहेको चिकित्सक डा.प्रभास कुमार साह बताउनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्