Logo

एमाले नेता राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार



काठमाडौं, २८ कात्तिक, । एमाले नेता शेरधन राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार भएको छ। भोजपुरको पिखुवा खोला नजिक उनी चढेको बा १५ ज ५६०८ नम्बरको गाडीमाथि अचानक बम प्रहार भएको हो।

सो विस्फोटमा परी राईका सुरक्षा गार्ड असई डिल्ली देवकोटा घाइते भएका छन्। उनको हातमा चोट लागेको छ। गाडीको अगाडिको सिसामा बढी क्षति पुगेको छ।

पूर्व सूचना तथा सञ्चारमन्त्री राई एमालेबाट भोजपुरको प्रदेशसभा सदस्यका उम्मेदवार हुन्। चुनावी प्रचारका क्रममा रहेका उनीमाथि अज्ञात समूहले बम प्रहार गरेको हो। राई भने सकुशल छन्। जिल्ला प्रहरी कार्यालयको टोली हाल घटनास्थलतर्फ लागिसकेको छ। यसअघि माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा र वर्षमान पुनमाथि पनि बम आक्रमण गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्