Logo

पौदीबासीहरुको न्वागी मेला सुरु



कौरव खत्री :कात्तिक २९ गुल्मी ।गुल्मी र बाग्लुङ्ग अन्र्तगत पौदीबासीहरुको न्वागी पर्वसँगै लाग्ने न्वागी मेला मंगलबारदेखि खार बजारमा सुरु भएको छ । मेलासँगै विभिन्न व्यापार र व्यवसाय मा चहलपहल बढेको छ ।

न्वागी पर्व नया अन्न घरमा भित्र्याएको खुसीयाली स्वरुप पौदीबासीहरुले भव्य रुपमा मनाउने गर्दछन् ।

न्वागी पर्वमा स्थानीय जर्डन जातको धानको चामल,दहि,केरा,सिलाम,चिनी, आदिको समिश्रणबाट तयार पारिएको न्वागीलाई पौदीबासीहरुले विधिवत रुपमा दिन र शुभसाइत जुराएरे आ– आफ्ना नातागोता,इष्टमित्र र आफन्तजनहरु बोलाएर न्वागी खाने प्रचलन रहेको छ ।

गुल्मी र बाग्लुङ्गको संगम स्थल ग्वालिचौरको खारबजारमा सञ्चालन भएको न्वागी मेलामा यस क्षेत्रमा कृर्षकहरुले उत्पादन गरेका हिउदे र नगदे खाद्यान्न , बेमौसमी कृषि उपजहरुको प्रर्वद्धन र प्रोत्साहन गर्न कृषि मेला प्रर्दशनी मार्फत उत्कृष्ट कृषकहरुलाई सम्मान गर्ने पौदी न्वागी मेला व्यवस्थापन समितिका सचिव विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

यस क्षेत्रकै प्रसिद्ध मेलाको रुपमा परिचित न्वागी मेलालाई पौदीबासीहरुले महत्वपूर्ण पर्वका रुपमा मनाउने गर्दछन् ।

मेलामा बढि मात्रमा फलफुल अन्र्तगत सुन्तला,होटल व्यवसाय,फेन्सी कपडा पसल तथा स्थानीय रुपमा उत्पादित कृषि उपज लगायतको कारोबार राम्रो हुने गर्दछ । यसपालीको मेलामा १ करोड भन्दा माथिको आर्थिक कारोबार हुने अनुमान गरिएकोे मेला समितिका कोषाध्यक्ष खरेलले जानकारी दिनुभयो ।

मेलालाई एउटा व्यापारिक केन्द्रको रुपमा पनि लिने गरिन्छ । मेलालाई मधयनजर गरि विभिन्न स्थानहरुबाट आफ्नो व्यापार लिएर खार बजारमा व्यापारीहरु आउने क्रम जारी रहेको छ ।

मेला मंसिर २ गते सम्म सञ्चालन हुने मेलामा सामान्य फलफूल पसल देखि लिएर ठूला होटल व्यवसाय र झुला पिङ्ग लगायत गरि झण्डै साना र ठूला व्यापारको ३० बढि वटा स्टलहरु बुकिङ गरेको मेला समितिका कोषाध्यक्ष प्रदिप खरेलले जानकारी दिनुभयो ।

पश्चिमाञ्चल क्षेत्रकै प्रसिद्ध मेलाको रुपमा परिचित न्वागी मेलालाई एउटा व्यापारिक केन्द्रको रुपमा विकसित हुदै गएको छ ।मेलालाई मधयनजर गरि विभिन्न स्थानहरुबाट आफ्नो व्यापार लिएर खार बजारमा व्यापारीहरु आउने क्रम जारी रहेको छ ।

मेलामा भलिवल प्रतियोगिता,साँस्कृतिक तथा कृषि मेला प्रर्दशनी, सोरठी भैलो प्रर्दशनी, रेर्कड डान्स लगायतका कार्यक्रमहरु मुख्य आर्कषणका रुपमा रहेको आयोजकले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्