Logo

अमेरिका पढ्न जाने सबैभन्दा धेरै विद्यार्थी चीनबाट, नेपाल १३आँै स्थानमा



कात्तिक २९, काठमाण्डौ । पछिल्ला वर्षहरुमा नेपाली विद्यार्थी पढ्नका लागि विदेश जाने क्रम बढेको छ । नेपाली विद्यार्थी पढ्न जाने देशहरुमध्ये अमेरिका अग्रस्थानमा आउँछ । अमेरिकामा नेपाली विद्यार्थी मात्र नभै विश्वभरका मुलुकका विद्यार्थीहरु जाने गर्दछन् । कुन देशबाट कति विद्यार्थी अमेरिका जान्छन् भन्ने तथ्याङ्क सार्वजनिक भएक छ ।

 

अमेरिकी विदेश मन्त्रालयको सहयोगमा इन्टरनेसनल एजुकेसन एक्सचेन्जले गर्ने वार्षिक अध्ययन ‘ओपन डोर्स’को हालै सार्वजनिक भएको हो । सन् २०१७ को सारांश प्रतिवेदनमा चीन, भारत, दक्षिण कोरिया, साउदी अरेबिया, क्यानाडा, भियतनाम, ताइवान, जापान, मेक्सिको, ब्राजिल, इरान र नाइजेरियापछि नेपाल रहेको उल्लेख छ ।

प्रतिवेदनका अनुसार अमेरिकामा ११ हजार ६०७ नेपाली विद्यार्थी छन्, जुन कुल अन्तर्रा्ष्ट्रिय विद्यार्थी सङ्ख्याको १.१ प्रतिशत हो ।
धेरै विद्यार्थी पठाउने २५ देशहरूको सूचीको अन्तिम स्थानमा दक्षिण एसियाकै अर्को देश बङ्गलादेश रहेको छ । नेपाल, भारत र बङ्गलादेश बाहेक अन्य दक्षिण एसियाली देश शीर्ष २५ को सूचीमा परेका छैनन् ।

यी २५ देशहरूमध्ये हरेक देशबाट कम्तीमा सात हजार विद्यार्थी अमेरिकामा अध्ययनरत रहेका छन् ।

यसैबीच यो वर्ष नेपाली विद्यार्थीको आगमन दर २०.१ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । यो वृद्धिदर शीर्ष २५ देशहरूमध्येकै सबैभन्दा उच्च हो । त्यसपछि भारतीय विद्यार्थीको सङ्ख्यामा १२.३ प्रतिशतले वृद्धि भएको छ ।

नेपाली र भारतीयसँगै नाइजेरियाली र बङ्गलादेशी विद्यार्थीको बढ्दो उपस्थितिलाई पनि उल्लेख्य वृद्धि मानिएको छ । दुबै देशबाट अमेरिका जाने विद्यार्थीको सङ्ख्यामा ९.७ प्रतिशतले वृद्धि भएको छ ।
अमेरिकामा रहेका विदेशी विद्यार्थीमध्ये चिनियाँ र भारतीयको सङ्ख्या जोड्दा कुल अन्तर्रा्ष्ट्रिय विद्यार्थीको आधाजति हुन आउँछ ।



प्रतिक्रिया दिनुहोस्