Logo

जनताकोबिचमा ऋषि धमला, जनता भन्छन्, “ऋषि धमला जिन्दावाद”



कात्तिक २९, काठमाण्डौ । पत्रकार ऋषि धमला चुनावमा उडठ्ने भनेर चर्चा चलिरहँदा कतिपयले आलोचनात्मक टिप्पणी गरे । कतिपयले धमलाले पत्रकारिता छोडनु हुँदैन भनेर सुझाब दिए त कतिले चुनाव लड्यो भने जित सुनिश्चित छ भने । तर धमला विभिन्न चर्चाकाबिच चुनावमा उम्मेदवार बनेनन् । अहिले धमला चुनावी बहसको अभियान लिएर देश दौडाहामा छन् । चुनावमा उम्मेदवार बनेका सबैजसो नेतालाई एउटै प्रश्न दोहो¥याउँछन्, नेपालका नेताहरुले देश बनाउँछु भनेर भाषण मात्रै गर्छन्, काम किन गर्दैनन् ?

यस्ते जनपक्षीय प्रश्न गरेर ठूला र देश बनाउँछु भन्ने नेताहरुलाई दबाब दिदै आएका धमला चुनावी बहसका लागि बुधबार झापाको उर्लाबारी पुगेका थिए । धमला उर्लाबारी पुग्दा भव्य स्वागत मात्र गरिएन धमलाको पक्षमा नाराबाजी नै भयो ।

मंगलबार झापा पुगेर धमलाले एमाले अध्यक्ष केपी ओलीको चुनावी क्षेत्रमा नै गएर देशका बारेमा प्रश्न गरेका थिए । करिब एक घण्टाको बहसपछि ओलीले भने, “तपाई देशका लागि चाहिने पत्रकार हो । चुनाव लडेको भए पनि हामी समर्थन गथ्र्यौ । अहिले यसरी चुनावी बहस चलाउँदा निकै खुशी लागेको छ ।”

पक्कै पनि नेपाली पत्रकारिता भित्रि कोठामा सिमित छ । अधिकांश पत्रकार आफुले काम गरेको संचारगृहको छातामुनी बसेर पत्रकारिता गर्छन् । तर धमला राजनीतिक विषयवस्तुको बहसका लागि देश दौडाहामा जाने गर्दछन् । यही वर्ष तराई–मधेशमा आएको बाढीले त्यस क्षेत्रका जनता पीडित बन्दा पनि धमला बाढी पीडितसमक्ष पुगेर त्यहाँका सम्बन्धित नेतालाई हरके समस्याका समाधान गर्न दबाबमुलक कार्यक्रम गरेका थिए ।

अहिले चुनावी प्रचारप्रसारको क्रममा नेताहरुले बाँड्ने झुटा आश्वासनबाट सचेत रहन मतदातालाई सचेत गराइरहेका छन् भने कुरा मात्रै होइन काम गर्नका लागि नेताहरुलाई बारम्बार झकझकाइरहेका छन् ।

झापा पुगेका धमलालाई नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले स्याबासी दिदै पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । त्यस्तै सिटौलाका प्रतिस्पर्धी राप्रपाका उम्मेवार राजेन्द्र लिङ्देन, कांग्रेसकै अर्का उम्मेदवार विश्वप्रकास शर्मा र माओवादीका उम्मेदवार राम कार्कीले पनि धमलाको खुलेर प्रशंसा गरे ।

कतिपयले धमलाको विषयमा संचारमाध्यममा अनावश्यक समाचार आउने गरेको टिप्पणी समेत गर्ने गरेका छन् । तर राष्ट्रिय विषयवस्तुमा देश दौडाहा गएर जनतादेखि नेतासम्मलाई सचेत र जागरुक गराउने काम धमलाले गरेका छन् । यस विषयमा सायद कसैले विमति जनाउन सक्दैन ।

धमलाले आफ्नो रेडियो तथा टेलिभिजन कार्यक्रममा ल्याइएका पाहुनालाई अनावश्यक प्रश्न सोधेर हैरान पार्ने गरेको भन्ने आलोचना सधैँ हुने गरेको छ । तर धमलाले पछिल्लो समय देश र जनताको समस्याका विषयमा सम्बन्धित निकायका जिम्मेवार व्यक्तिलाई आफ्नो कार्यक्रममा ल्याएर खरो प्रश्न गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्