Logo

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता (फोटोफिचर)



काठमाडौं, ३० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी दुबई भ्रमण सकेर आज स्वदेश फर्किएकी छिन् ।

राष्ट्रपति भण्डारी कार्तिक २७ गते दुबई गएकी थिईन् । उनलाई आज त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुम भण्डारीका साथै भ्रमण टोलीका अन्य सदस्यहरू पनि सहभागी थिए।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्