Logo

चुनाव जित्नको लागि सञ्जय टक्लालाई जेलबाट रिहाई गर्दै निधि, जनकपुरमा भव्य स्वागतको तयारी



काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफू चुनाव जिताउनको लागि जेलमा रहेका धनुषाका प्रभावशाली नेता सञ्जय साह ‘टक्ला’ लाई रिहाई गर्नको लागि पहल गरेका छन् ।

धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको लागि उम्मेद्धवार बनेका निधिसँग राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो चुनावी प्रतिष्पर्धामा छन् । महतोको उम्मेद्धवारी निधिलाई निकै भारी परेको छ ।

सञ्जय टक्लालाई जेलबाट छुटाउनको लागि निधिले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव राखिसकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार मंसिर ९ गते नै साह छुट्ने पक्कापक्की भएको छ ।

उनको स्वागतको लागि जनकपुरमा भव्य स्वागतको तयारी हुँदैछ । निधिकै मान्छेहरु उनको स्वागतको लागि तयारीमा जुटेका छन् । महतोसँग चुनाव जित्न निधिको लागि साह ‘महत्वपूर्ण फ्याक्टर’ हुने भएकोले साहलाई तत्काल नै जेलमुक्त गराउने निधिको योजना रहेको छ । निधिको प्रस्तावमा प्रधानमन्त्री देउवापनि सकारात्मक देखिएका छन् ।

दोस्रो सविधानसभा चुनावमा धुनषाको चार नम्बर क्षेत्रबाट महतो अध्यक्ष रहेको सद्भावना पार्टीबाट सविधानसभा सदस्यमा जितेका सञ्जय साह जेल परेपछि महतोले आफ्नो पार्टीबाट निकालेका थिए । पछि संजयका श्रीमती रंगीला साहले पनि सद्भावना पार्टी छाडेकी थिइन् ।

आफ्ना श्रीमानलाई महतोले नै फँसाएको सम्मको आरोप रंगीलाले लगाएकी थिइन । महतोले संजयको आशिर्वाद लिन जेलमै पुगेका थिए । महतोले सञ्जयलाई यतिसम्म भने कि ‘तपाईले मलाई संसदमा जिताउन सहयोग गर्नुस, मैले तपाईको श्रीमतीलाई समानुपातिकमा कन्फर्म गर्छु ।’ तर सञ्जय साहले अहिले यो विषयमा केही भन्न सक्दिन भन्दै राजेन्द्र महतोलाई फर्काइदिएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्