Logo

पाँच घन्टा पैदल हिँडेर याफु पुगेका खड्काले भने, कम्युनिष्टका कारण जिल्लाको विकास हुन सकेन



संखुवासभा, १ मंसीर । नेपाली काँग्रेसका युवा नेता दिपक खड्काले उत्तरी क्षेत्रको विकास नभएसम्म संखुवासभाको विकास हुन नसक्ने बताउनुभएको छ ।

नेपाली काँग्रेसको तर्फबाट संखुवासभाको प्रतिनिधी सभाको उम्मेद्वार बन्नुभएका नेता खड्काले जिल्लाको उत्तरी भाग सिलिचोङ गाउँपालिकाको याफु पुगेर उत्तरी क्षेत्रको विकास नभएसम्म जिल्लाको विकास नहुने बताउनुभएको हो ।

नेता खड्का पाँच घण्टा पैदल हिँडेर सो क्षेत्र पुग्नुभएको थियो । उहाँले संसुवासभा प्राकृतिक रुपले सुन्दर भएपनि अझै कतिपय गाँउमा विजुली, टेलिफोन र मोटरबाटो नपुगेको भन्दै यसको विकासका लागि पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताउनुभयो ।

“लामो समय कम्युनिष्टले संखुवासभाको शासन गरेको कारण यस्तो भएको हो अब लोकतान्त्रिक गठबन्धनलाई जिताउनुहोस्, यो समस्याको समाधान हुन्छ,”– नेता खड्काले भन्नुभयो ।
उहाँले आज ताम्कु र मांतेवामा हुने विभिन्न चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्