Logo

कमल थापालाई चुनाव हराउने एमालेको निर्णय, ओलीले दिए कडा निर्देशन



काठमाडौं, २ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवम् उर्जामन्त्री कमल थापालाई जसरी पनि चुनाव हराउनुपर्ने भन्दै आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई ठाडो निर्देशन दिएका छन् ।

स्रोतका अनुसार ओलीले पछिल्लो समय थापा राजनीतिक लाभको लागि गलत ट्रयाकमा हिँडेको आरोप लगाउँदै संसदमा राप्रपाको प्रतिनिधित्व शुन्य बनाउनेगरि आफ्ना नेता तथा कार्यकर्ताहरुलाई कमल थापालाई मकवानपुरबाट चुनाव हराउन निर्देशन दिएको खुलासा भएको छ ।

खासगरी बुढीगण्डकी खारेज गरेसँगै एमाले–माओवादी केन्द्रको वाम गठबन्धन कमल थापासँग रुष्ट बनेका छन् । कमल थापासँग ओलीको अर्को रिसीबी राजेन्द्र लिङ्देन मात्रै जित्ने उनीहरुको आँकलन छ, राप्रपालाई संसदमाशुन्यमा झार्नको लागि ओलीले पार्टीबाटै वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

स्वयम् मकवानकपुमा समेत कांग्रेसका नेता कार्यकतास्हरु थापासँग रुष्ट छन् । थापालाई जिताएर केही हुनेवाला छैन भन्ने उनीहरुको (कांग्रेसी) नृताहरुको भनाई छ।



प्रतिक्रिया दिनुहोस्