Logo

म्याग्दी धौलागिरि गाउँपालिका–७ स्थित ताकम माविलाई सहयोग



बाबियाचौर, म्याग्दी, २ मंसिर (रासस) : म्याग्दी धौलागिरि गाउँपालिका–७ स्थित ताकम माविलाई एक प्रवासीले ल्यापटप प्रदान गरेको छ ।

साविक ताकम गाविस–३ घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका ऋषिनाथ सुवेदीले शुक्रबार नगद रु एक लाख ५० हजार मूल्य बराबरको एक थान ल्यापटप सहयोग स्वरुप प्रदान गर्नुभएको हो ।

दिवंगत बुबा हरिलाल र आमा तुलसी सुवेदीको स्मृतिमा विद्यालयको शैक्षिक विकासका लागि सो सहयोग उपलब्ध गराएको सुवेदीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले विद्यालयको शैक्षिक उत्थानमा यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्