Logo

५ वर्षमा चारवटा क्षेत्र रहेको मेरो क्षेत्रलाई एक नम्बर बनाउनेछु : अर्थमन्त्री कार्की



मंसीर २, ईनरुवा । प्रदेश नम्बर एकबाट प्रतिनिधि सभाका लागि सुनसरी क्षेत्र नम्बर ४ मा प्रत्यक्ष चुनावमा लड्न आएका वर्तमान सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले आफू विपी र गिरिजा प्रसाद कोईरालाको कर्म भुमिमा आएको बताउनु भएको छ ।

उहांले भन्नु भयो विपी र गिरिजा प्रसाद कोईरालाका बांकी सपना पूरा गर्न भोजपुरबाट यहां आएको हुं । शनिवार ईनरुवा नगर पालिकाको वडा नम्बर ३ स्थित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वहांले अब यहिनै आफ्नो बांकी जिवन विताउने पनि बताउनु भयो ।

उहांले अहिलेको चुनावमा मुख्य रुपमा यस क्षेत्रको विकास प्रमुख उद्येश्य रहेको बताउनु भयो । “यो क्षेत्रको जिम्मा मैले मात्र लिन सक्छु र यो क्षेत्रको विकासलाई राष्ट्रिय राजनितिमा मैले मात्र लान सक्छु” भेलालाई सम्बोधन गदै वहांले भन्नुभयो “यो क्षेत्रबाट म निर्वाचित भएमा यो क्षेत्रको विकास पांच वर्षमा चारवटा क्षेत्र रहेको यो क्षेत्रलाई एक नम्बर बनाउनेछु ।” विशेष महिला, किसान र युवालाई विशेष कार्यक्रम ल्याउने वहांले बताउनुभयो ।

नेपाली कांग्रेसको जित सुनिश्चीत भएकोले अब विलम्व नगरीकन जनताको घरदैलोमा पुग्नुपर्ने उपस्थित कार्यकर्तालाई निर्देशन दिनुभयो । आफूलाई विपक्षीले बाहिरबाट आएको भन्दै झुटो प्रचारवाजी गरेकोमा दुख व्यक्त गर्दै भन्नु भयो –“म यहांको लागि कुनै नौलो व्यक्ति होईन भोजपुरमा मेरो जन्म भएपनि कर्मभुमी वा घरबार यहि प्रकाशपुरमा भएको हो ।”

नेपाली जनतालाई सम्पन्नता दिलाउने मेरो आवश्यकता भएकोले आफूलाई बहुमतले निर्वाचित गराउन वहांले आग्रह गर्नुभयो । यदि यस पटकको निर्वाचनमा लोकतन्त्रलाई विजय गराउन नसकिएमा अन्तत न्याउरी मारी पछुतो मात्र हुने बताउनु भयो । कार्यक्रममा दुई दर्जन युवालाई वहांले नेपाली कांग्रेसमा प्रवेश गराउनु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्