Logo

भोजपुरमा वम विस्फोट, ३ घाईते



सरिता राई भोजपुर, २ मंसिर । भोजपुरमा अज्ञात समूहले राखेको बम हटाउने क्रममा प्रहरीसँग दोहोरो भिडन्त भएको छ ।

षडानन्द नगरपालिका–१३ बोयाको भीरथाप्लो भन्ने ठाउँमा राखेको टाइमबम हटाउने क्रममा आज अपरान्ह प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको हो ।
टाइमबम राखिएको हल्ला चलेपछि हटाउन गएका प्रहरी र उक्त समूहबीच गोली हानाहान भएको हो । सो बम पड्किँदा छर्रा लागेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता विक्रम राई, प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरीजवान देवनारायण चौधरी रहेका हुन् ।

बम हटाउने क्रममा पड्किएपछि भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिनुभयो ।यसैबीच, आजै भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाको कुलुङ्गमा वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा पनि बम पड्किएको छ ।

वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराती र प्रदेशतर्फका एक नम्बर क्षेत्रका उम्मेदवार राजेन्द्रकुमार राईको चुनावी सभा नजिकै बम पड्किएपछि सभा तितर–वितर भएको थियो ।

बम प्रहारबाट कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्