Logo

प्रचण्डपुत्र प्रकाशलाई हृदयघात, अवस्था चिन्ताजनक



काठमाडौं ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । बिहान करिब साढे ४ बजे हृदयघात भएको पारिवारीक स्रोतले जनाएको छ । प्रकाशलाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।

उनलाई आइतबार बिहान पाँच बजेपछि अचेत अवस्थामा अस्पताल ल्याइएको अस्पताल प्रशासनले जनाएको छ । उनको अवस्था चिन्ताजनक रहेको छ । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहे पनि अस्पतालले आधिकारिक केही बताएको छैन ।



प्रतिक्रिया दिनुहोस्