Logo

नर्भिक अस्पातालमा दलका नेताहरुको भिड, प्रकाशपत्नी बिना मगर र दिदी रेणु पनि काठमाडौँ फर्किदै



३ मंसिर, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको असमायिक निधनपछि विभिन्न दलका नेताहरु नर्भिक अस्पताल पुगेका छन् ।
नर्भिक अस्पतालमा अहिले माओवादी केन्द्र, एमाले लगायतका दलका नेता, कार्यकर्ता र शुभतिन्तकको भीड लागेको छ । एमाले वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल नर्भिक पुगेका छन् । यस्तै, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, पम्फा भुसाल, जनार्दन शर्मा लगायतका केन्द्रीय स्तरका नेताहरु पनि नर्भिक पुगेका छन् ।

कांग्रेस नेता प्रकाशमान सिंह र प्रकाशसरण महत पनि नर्भिक अस्पताल पुगेका छन् । केही समय माओवादीमा आवद्ध रहेकी राप्रपा प्रजातान्त्रिककी नेतृ रेखा थापा पनि अस्पताल पुगेकी छन् ।

नर्भिक अस्पताल परिसरमा परिवारजन, आफन्त र शुभचिन्तकको उपस्थिति ठूलो संख्यामा छ ।
प्रकाशपत्नी बिना मगर र दिदी रेणु दाहाल पनि काठमाडौँ फर्कन लागेको पारिवारिक स्रोतले जानकारी दियो ।
परिवार र आफन्तको अस्पतालमा भीड लागेको छ । चुनावी कार्यक्रममा झापा रहेका अध्यक्ष प्रचण्ड काठमाडौँ फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्