Logo

प्रचण्डले दिए चुनावी प्रचार–प्रसार नरोक्न कार्यकर्तालाई निर्देशन



३ मंसिर, काठमाडौं । प्रकाश दाहालको निधनका कारण विभिन्न जिल्लामा चुनावी कार्यक्रमहरु स्थगित भएको खबर आउन थालेपछि माओवादी अध्यक्ष प्रचण्डले त्यस्ता कार्यक्रमहरु नरोक्न निर्देशन दिएका छन् ।

निर्वाचनका लागि तय गरिएका सबै कार्यक्रमहरु सुचारु राख्न अध्यक्ष प्रचण्डले सिंगो पार्टी कमिटीलाई निर्देशन दिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी हुन् ।

प्रकाशको निधनसँगै विभिन्न जिल्लामा चुनावी कार्यक्रमरु रोकिएका खबरहरु आएका छन् ।
चुनावमा पार्टीको प्रभाव कम हुन सक्ने भन्दै अध्यक्ष प्रचण्डले निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम नरोक्न निर्देशन दिएका हुन् ।

प्रचण्डपुत्र प्रकाश दाहालको निधनको खबर सुनेपछि विभिन्न जिल्लामा रहेका माओवादी नेताहरु कार्यक्रम स्थगित गरेर राजधानी फर्किएका छन् ।

अहिले पेरिसडाँडास्थित पार्टी कार्यालयमा दाहालको शव श्रद्धाञ्जलीका लागि राखिएको छ ।

पशुपतिमा अपरान्ह ४ बजे दाहालको अन्त्येष्टि गरिने माओवादीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्