Logo

भावविह्ल हुँदै प्रचण्डले भने,‘मैले आज छोरोभन्दापनि असल साथी गुमाएँ’



झापादेखि आर्यघाटसम्म प्रचण्डका आँशु थामिएनन
काठमाडौं, ३ मंसिर । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिनेहरुको ठूलो भीड छ ।

उनको पार्थीव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिएको बेला निकै भावविह्वल माहोल थियो । सबैका आँखा रसाएका थिए ।

पार्टी कार्यालयमा माओवादीका मात्रै नभए विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले अहिले स्वर्गिय दाहालप्रति श्रद्धान्जली अर्पण गरेका थिए । दाहाललाई श्रद्धान्जली दिन हजारौँको संख्यामा नेता कार्यकर्तालगायत सर्वसाधारण पेरिसडाँडा पुगेका थिए ।

दाहालललाई श्रद्धान्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेताहरु मोहन बैद्य, प्रकाशमान सिंह भारतीय राजदुत मन्जीव सिंहपुरी, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, नेताहरु मोहन बैद्य, सीपी मैनाली, पूर्व राजा ज्ञानेन्द्र शाहका पूर्वसचिव पशुपति भक्त महर्जन लगायत उच्च पदस्थ व्यक्तित्वहरु कोटेश्वर पुगेका थिए ।

पेरिसडाँडा विभिन्न पार्टीका नेता, सञ्चारकर्मी, शुभचिन्तक र सुरक्षाकर्मीले खचाखच भरिएको थियो । उनले पछिल्लो समय अध्यक्ष समेत रहेका बुवा प्रचण्डको हरेकजसो कार्यक्रम तथा भेटघाटको व्यवस्थापन उनी आँफैले गरिदिन्थे । यही कारणले उनको चर्चा पछिल्लो चुलिएको थियो ।

उनको निधनमा प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सुरक्षा निकायका प्रमुखहरुदेखि लिएर देशका गन्यमान्य व्यक्तित्वहरुले श्रद्धाञ्जली दिएका थिए । नर्भिक अस्पतामा प्रचण्ड आईपुग्दादेखि लिएर पार्टी हेडक्वार्टरमा उनको अन्तिम श्रद्धाञ्जलीको कार्यक्रममा समेत प्रचण्डप्रति सबैको अनुहारमा आँशु थियो । उनीहरुले प्रचण्ड र उनको परिवारप्रति शोकको आँशु बगाएकै थिए ।

पेरिस डाँडामा आफ्नो कार्यकक्षमा प्रचण्ड सम्हालिन नसक्ने अवस्थामा थिए । सम्हालिनुपनि कसरी उनले आफ्नो छोरोमात्रै नभएर असली साथी नै गुमाएका थिए । उनी भन्दै थिए,‘प्रकाश मेरो आत्मा बुझ्ने मान्छे थियो, दोस्रो पटक म प्रधानमन्त्री हुँदा उसले धेरै कुशल व्यवस्थापन गरेको थियो, बास्तवमा छोराभन्दापनि असल साथी र कुशल सहयोगी गमाएँ । म धेरै बोल्न सक्ने अवस्थामा छैन ।’
प्रकाशलाई श्रद्धाञ्जली दिएलगत्तै प्रचण्डलाई अंगालेर बाबुराम ग्वाँग्वाँ रोए

प्रचण्डका एक मात्र सुपुत्र प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि प्रचण्डको अंगालोमा बेरिएर ग्वाँग्वाँ रोएका छन् ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्डको कार्यकक्षमा प्रवेश गरेलगत्तै बाबुरामले प्रचण्डलाई घ्वाप्लाक्क अंकमाल गरेर डाको छोडेर रोएको एक नेताले जनाए ।

डा.बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरेपछि आजसम्म पेरिसडाँडामा पाइला टेकेका थिएनन् । अहिले दाहालको शव पशुपति आर्यघाटतर्फ लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्