Logo

चुनाव बिथोल्नेलाई कारबाही हुन्छः प्रधानमन्त्री देउवा



धनगढी, ४ मंसिर (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव बिथोल्न खोज्ने माथि कडा कारबाही हुने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रजातान्त्रिक पद्धतिमा चुनाव अतिआवश्यक भएकाले चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाही हुने बताउनुभयो ।

प्रदेश नं ७ का विभिन्न जिल्लामा आयोजित काँग्रेसको चुनावी सभामा सहभागी भएर सोमबार उहाँ काठमाडौँ फर्किनु भएको छ ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले निर्वाचनको उचित सुरक्षा व्यवस्थापन गर्न नेपाली सेना परिचालन गर्ने निर्णय भइसकेको जानकारी दिनुभयो । विभिन्न जिल्लामा भएको काँग्रेसको चुनावी सभामा जनताको सहभागिता उत्साहजनक रहेको पनि उहाँले बताउनुभयो ।

 



प्रतिक्रिया दिनुहोस्