Logo

स्थानीय समस्या समाधान गर्न लागिपर्छु : अर्थमन्त्री कार्की



इनरुवा, ४ मंसिर (रासस) : सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ४ नम्बर क्षेत्रका स्थानीयवासीले भोग्दैआएका समस्या समाधान गर्न लागिपर्ने वचनबद्धता प्रकट गर्नुभएको छ ।

नेका क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ४ सुनसरीले आज इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, आरक्ष, सडक जस्ता आधारभूत सुविधा पु¥याउन आफूले पहल गर्ने बताउनुभयो ।

उहाँले अफवाहको पछि नलागी लोकतान्त्रिक गठबन्धनलाई मत हाल्न पनि मतदातामा अपिल गर्नुभयो । कार्यक्रममा नेकपा (एमाले)का इनरुवा नगर उपाध्यक्ष रणधीर चौधरीसहित तीनसय नेता तथा कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्