Logo

कांग्रेसमा विनोद चौधरीको लोभलाग्दो क्रेज’, चुनावी सभालाई सम्बोधन गर्न भ्याईनभ्याई



काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसमा प्रवेश गरेसँगै उद्योगपति विनोद चौधरीको ‘क्रेज’ ह्वात्तै बढेको छ । खासगरी कांग्रेसको समानुपातिक सुचिमा चौधरीको नाम परेपछि उनको राजनीतिक छलाङ्बारे चर्चा भएको थियो ।

चौधरी कांग्रेसमा प्रवेश गरेसँगै शीर्ष नेताहरु खुशी देखिएका छन् । यही मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि नेताहरु चुनावी दौडाहामा छन् । कांग्रेसका शीर्ष नेताहरु चुनावी अभियान लिएर आ–आफ्नो क्षेत्रमा पुगिरहेका छन् ।

लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवारहरुलाई विजयी गराउन उद्योगपति चौधरी पनि आँफै आमसभालाई सम्बोधन गर्न जिल्ला जिल्ला पुगेका छन् । उनी खासगरी कांग्रेस महामन्त्री डा. सशांक कोइरालासँग चुनावी प्रचारमा देश दौडाहामा निस्किएका छन् । उनले पहिलोपटक नवलपरासिमा सम्पन्न भएको आमसलाई सम्बोधन गरेका थिए । उनको भाषणको तारिफ भएपछि उनको डिमाण्ड झनै बढेको कांग्रेस निकट उच्च स्रोतले जनाएको छ ।

नवलपरासिलगत्तै उनले नयाँ शक्ति नेपालका संयोजक एवम् गोरखामा लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार बनेका डा. बाबुराम भट्टराईलाई मत माँग्न पालुङटारमा आयोजित सभालाई सम्बोधन गरे । त्यस्तै उनी अब तनहुँमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको चुनावी सभालाई सम्बोधन गर्न जाँदैछन् । पौडेलको कार्यक्रम सकिएलगत्तै उनी त्यहीँबाट प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको आमसभालाई सम्बोधन गर्न डढेलधुरा जाने कार्यक्रम रहेको छ ।

आज विहान प्रधानमन्त्री शेरबहादुर देउवाले चौधरीलाई बालुवाटारमा बोलाएर चुनावी सभामा वक्ताको रुपमा गईदिनको लागि आग्रह गरेको बुझिएको छ । उनको सम्बोधन पूर्णतयः मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डोर्याउनेतर्फ केन्द्रित रहेपनि उनले उम्मेद्धवारको बारेमा आम जनतालाई राम्रोसँग बुझाउने गरेका छन् । जुन कुरा आम नेता तथा कार्यकर्ताहरुले रुचाएका छन् । हुन त उनको नाम समानुपातिक सूचिमा परेपछि सांसद हुने कुरामा कुनै दुईमत थिएन । तर उनी आँफै कांग्रेसलाई विजयी गराउन लागिपरिरहेका छन् । उनको बोल्ने कला देखेर कांग्रेस शीर्ष नेताहरु प्रभावित छन् । मास कमाण्डिङ गर्ने क्षमता पनि छ ।

कांग्रेस आउनुअघि उनी एमालेभित्र माधव नेपाल निकट रहेका थिए । उनी केपी ओली शक्तिमा आएसँगै छाँयामा परेका थिए । एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहेका चौधरीको कांग्रेस नेताहरुसँग पनि सुरु देखिनै निकट सम्बन्ध थियो ।

चौधरीलाई कांग्रेसमा ल्याउनको लागि महामन्त्री सशांक कोइरालाले विशेष पहल गरेका थिए । त्यही भएर पनि होला कोइरालासँग चौधरीको औधी निकटको र लोभलाग्दो सम्बन्ध छ । चौधरीले नेपालका विभिन्न उद्योगमा लगानी गरेका छन् छ ।

चौधरी विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनको अर्बपतिको सूचिमा पर्ने एक मात्र नेपाली हुन् । फोर्ब्सले जनाए अनुसार अहिले उनको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । चौधरी समूहको विश्वका विभिन्न देशका होटेलमा लगानीसमेत रहेको छ ।

निर्वाचन परिचालन समितिमा समेत चौधरीलाई राखेको छ। बालकृष्ण खाणको संयोजक रहेको यो समितिलाई मंगलबार पूर्णता दिएको कांग्रेसले जनाएको छ। केही समय अघि संयोजक तोकेर मात्र यो समिति गठन गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्