Logo

प्रचण्डको नजरमा परिपक्व राजनीतिज्ञ बन्दै थिए प्रकाश दाहाल



५ मंसिर, काठमाण्डौ । आइतबार निधन भएका प्रकाश दाहालालाई समयमा नै अस्पताल लगिएको भए बाँच्ने थिए भन्ने तर्क एकातिर छ भने अघिल्लो दिन साँझसम्म सामान्य ज्वरो मात्र आएको व्यक्तिको कसरी निधन भयो भन्ने जिज्ञासा धेरैमा छ ।

तर अस्पतालले भने आकस्मिक हृदयाघातबाट निधन भएको भनेर आशंका हटाउने प्रयास गरेको छ ।
प्रकाश दाहाल बाबु प्रचण्डको चुनावी कार्यक्रमका लागि केही दिनअघि चितवन पुगेका थिए । पुनः चितवनको कार्यक्रममा फर्किने गरी प्रचण्ड झापाको चुनावी सभालाई सम्बोधन गर्न जाँदा भने छोरा प्रकाश गएनन्, र विसन्चो भएको महसुस गरी काठमाण्डौ फर्किए । यद्यपी प्रकाश काठमाण्डौ फर्कनुको उद्देश्य चुनावी प्रचारका सामग्री बनाउने तथा व्यवस्थापन गर्ने भनिएको छ । तिनै काम गरेर प्रकाश काठमाण्डौस्थित निवास लाजिम्पाटमा बसिरहेका थिए । उनीसँग आमा सिता र भान्जीहरु मात्रै थिए ।

शुक्रबार साँझ बाबु प्रचण्डलाई आमा सिताले प्रकासलाई ज्वरो आएको जानकारी गराएपछि प्रचण्डले प्रकासलाई अस्पताल जान सुझाएका थिए । तर सामान्य ज्वरो आएको र भोलीपल्ट विहानसम्म सन्चो हुने भन्दै प्रकास अस्पताल जान मानेनन् । उक्त दिन प्रकाशले चाउचाउ र जाउलो खाएको पारिवारिक स्रोतले बताउँदै आएको छ ।

तर कतिपयले भने अत्याधिक रक्सी सेवन गरेकाले अचानक हृदयाघात भएको आशंका गरेका छन् । प्रकाशले धुम्रपान कहिल्यै नगर्ने र मद्यपान कहिलेकाही गर्ने बुझिएको छ । केही वर्षअघिसम्म प्रशस्तै रक्सी खाने गरेता पनि पछिल्लो समय प्रकाशको दैनिकी फेरिएको बताइएको छ । रक्सी खाने सवालमा पनि प्रकाश त्यति अग्रसर हुने गरेका थिएनन् ।

प्रकाशले खसीको मासु भने अत्याधिक रुचाउँथे । तर उनले खानापान अनुसारको शारीरिक कसरत भने गर्दैनथे ।
नियमित रक्सी खाने कुरा त परै जाओस, उनले महिना दिनसम्म पनि रक्सी नखानई बस्ने गरेका थिए । तर उनले एक दिन रक्सी खाए भने त्यसको भोलीपल्ट पनि खानैपर्ने बानी परेको कतिपयले बताउने गरेका छन् । चुनावी प्रचार नगई निवासमै बसेका प्रकाशले शुक्रबार र शनिवार पनि मद्यपान गरेको आशंका भने गरिएको छ । घरमा बुबा प्रचण्डसहित श्रीमती बिना पनि नभएको मौकामा प्रकाशले अत्याधिक मद्यपान गरे कि भन्ने आशंका गरिएको हो ।

निवासमा आमा सिता र छोरा प्रकाशको सुत्ने कोठा केही दुरीमा रहेको बुझिएको छ । करिब ९ बजे सुत्न गएका प्रकासलाई त्यसपछि कसैले पनि हेरचाह सायद गरेन । सुते भनेर ढुक्क भएको अवस्थामा नै प्रकाशलाई अकस्मात हृदयघात भएको हुन सक्छ ।

बुबा प्रचण्डले भनेकै समयमा अस्पताल गएको भए सायद प्रकाशको निधन भैहाल्थेन होला ।
पछिल्लो समय चुनावी दौडधुपमा रहेका प्रकाशको स्वास्थ्यमा देखिने गरी कुनै समस्या भने थिएन । तर उनलाई ग्यास्टिकको समस्या भने थियो । चुनावी दौडधुपमा खानपानको व्यवस्थापन समयमा हुन नसक्ने भन्दै प्रकाशले औषधि पनि खानुपर्ने विषयमा साथीभाइसँग पनि कुराकानी गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार कामको दौडधुपको तुलनामा प्रकाशले खानपानमा भने त्यति ध्यान दिदैनथे ।
प्रकाशको निधनले अरुलाई जति शोकाकुल बनायो त्योभन्दा बढि उनकै परिवारलाई विक्षिप्त बनाएको छ । पुष्पकमल दाहालले आफूले छोरो भन्दा पनि साथी

गुमाएको प्रतिक्रिया दिनुले पनि बाबुलाई छोराको अभाव व्यवहारिक रुपमा नै खट्किने निश्चित छ ।
पछिल्लो सयम प्रकाश विवादबाट टाढा रहेर सबैको मन जित्ने गरी काम गर्दै आएका थिए । बाबु प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको सचिवालयमा रहेर काम गरेका प्रकाशको स्वयम् बुबा प्रचण्डले तारिफ गरेका छन् । प्रचण्डले त कतिपय विषयमा प्रकाशकै निर्णायक भूमिका रहन्थ्यो । प्रकाशले सिकाए अनुसार काम गर्दा सफल भएको प्रचण्डले बताएका छन् ।

बाबुलाई सहज बनाउनका लागि प्रकाशले पत्रकार, कुटनीतिज्ञ, राजनीतिज्ञ लगायतसँग पनि राम्रो सम्बन्ध स्थापित गर्दै लगेका थिए ।
प्रचण्डकै भाषामा प्रकाशले पछिल्लो समय परिपक्व व्यवहार गर्दै आएका थिए । त्यसैले होला प्रचण्डले पनि प्रकाशलाई भविष्यका सफल राजनितिज्ञ देख्न थालेका थिए ।



प्रतिक्रिया दिनुहोस्