Logo

चितवन पुगेर माधव नेपालले भने,‘प्रचण्डलाई आफ्नै नेता सम्झेर भोट हाल्नुहोस’



काठमाडौं, ५ मंसिर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेसलाई झुटको खेती नगर्न चेतावनी दिएका छन् ।

मंगलबार भरतपुरमा आयोजित बाम गठबन्धनको जनसभालाई सम्वोधन गर्दै नेता नेपालले कम्युनिष्ट विरुद्ध अफवाह फैलाएर काँग्रेसले झुटको खेती गरेको वताएका हुन ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले कम्युनिष्टको सरकार आए देशमा एकदलिय शासन आउछ भनेर काँग्रेसले गलत प्रचार गर्दै हिँडेको वताए । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना देखिनै देश र जनताको पक्षमा काम गरेको भन्दै उहाँले जनताले आफ्नो पार्टी प्रष्ट छुट्याउने वताए । उनले भने,‘जनतासँग कम्युनिष्टको सम्वन्ध माछा र पानिको जस्तै भएको छ ।’

बामपन्थीको एकाताले काँग्रेसलाई नआत्तिन आग्रह गर्दै नेपालले भने,‘देशमा स्थायित्व र शान्तिका लागी गठबन्धन हो,यसले सम्रग जनतालाई फाइदा गर्छ,यो कसैप्रति लक्षित छैन् ।” देशमा थोरै पार्टी होस भन्ने उदेश्यले थ्रेसहोल्ड लागु गरेको भन्दै उनले त्यही उदेश्यका साथनै बाम गठबन्धन भएको वताए । जनताले कुन गठबन्धनमा रहेका पार्टीले देश र जनताको पक्षमा काम गरेका छन् भन्ने कुरा निर्वाचन मार्फत फैशला गर्ने वताए ।

नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनमा पाउनु चितवनबासीका लागी गौरबको कुरा भएको धारणा राखे । “चितवनमा बाम गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै उनले भने ।

‘चितवनले निर्वाचन मार्फत जे फैशला गर्छ, देशल ेनै त्यही फैशला गर्छ” नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नै पार्टीको नेता सम्झेर भोट हाल्न एमाले कार्यकर्तालाई निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस्