Logo

उपेन्द्र यादव र महन्थ ठाकुर एउटै कित्तामा, राजपा र फोरमबिच पार्टी एकता हुने



५ मंसिर, काठमाण्डौ । मधेशका दुई शक्ति संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबिच एकता हुने भएको छ । आगामी चुनावका लागि चुनावी तालमेल गरेका दुई दलले चुनावपछि पार्टी एकता गर्ने गृहकार्य सुरु गरेका छन् ।

फोरमका अध्यक्ष उपेन्द्र यादवले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार चुनाव लगत्तै पार्टी एकता गर्ने तयारी भइरहेको छ ।
सैद्धान्तिक र नीतिगत रुपमा दुई पार्टीबिच अधिकांश विषयमा समानता रहेकाले पार्टी एकता गर्न सहज हुने यादवले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्