Logo

विप्लव समूहका कार्यकर्ता पक्राउ



रसुवा, ६ मंसिर (रासस) : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ ।

कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पत्राउ गरिएको हो । लामिछानेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरत्कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

तीन दिनअघि विप्लव समूहले जिल्लाको उत्तरगया गाउँपालिकाको लहरे चौतारामा पाँचवटा सुतली बम राखेको थियो । निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्ने जुनसुकै समूहमाथी कारबाही गरिने थापा क्षेत्रीले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्