Logo

धनगढीलाई आकर्षक शहरका रुपमा विकास गर्छु : डा राणा



कैलाली, ६ मंसिर (रासस) : नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा आरजु राणा देउवाले धनगढीलाई मुलुककै आर्कषक शहरका रुपमा विकास गर्ने योजना रहेको बताउनुभएको छ ।

धनगढी उपमहानगरपालिका–३ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आगामी पाँच वर्षभित्र धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाएर मुलुककै आर्कषक शहरका रुपमा विकसित गर्ने योजना रहेको बताउनुभयो ।

कैलालीका धेरै किसान कृषिमा आबद्ध भएको बताउँदै उहाँले यही जिल्लामा मलखाद उत्पादन गर्ने कारखाना स्थापना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेतृ राणाले कैलाली कञ्चनपुरका नाका व्यवस्थित गर्न, पञ्चेश्वर परियोजना, गेटा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण र सेती परियोजनादेखि सुख्खा बन्दरगाहासम्मका योजना अघि सार्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्