Logo

सरकारको खरदार मुखिया जस्ता जनार्दश शर्मालाई ५ हजार मत अन्तरले पराजित गर्छु : कांग्रेस उम्मेदवार गोपालजी जंग शाह



७ मंसिर, काठमाण्डौ । रुकुमबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कांग्रेस नेता गोपालजी जंग शाहले आफ्ना प्रतिस्पर्धी जनार्दन शर्मालाई पराजित गर्ने दाबी गरेका छन् । वाम गठबन्धनका उम्मेदवार तथा माओवादी नेता शर्मालाई पराजित गर्न आफू सक्षम रहेको शाले बताए ।

नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै शाहले माओवादीभित्र रुकुममा असन्तुष्टी धेरै भएकाले जनमत कांग्रेसतिर तानिएको दाबी गरे । माओवादीभित्र चरम विद्रोह पैदा भएको दाबी गर्दै शाहले जनता कांग्रेसलाई मतदान गर्न उत्सुक रहेको बताए ।

६४ र ७० सालको संविधानसभा निर्वाचनमा माओवादीले धाँधली गरेर चुनाव जितेको आरोप लगाउँदै शाहले यसपटक बुँथ कब्जा गर्न सक्ने अवस्था नभएकाले आफ्नो जित सुनिश्चित भएको बताए ।

त्यसबेला २९ वटा बुँथ माओवादीले कब्जा गरेर चुनाव जितेको आरोप शाहको छ ।
यसपटकको चुनावमा जनताले लोकतन्त्र रोज्ने कि साम्यवाद रोज्ने भन्ने निष्कर्ष निकाल्नुपर्ने अवस्था आएकाले लोकतन्त्रका लागि पनि जनताले कांग्रेसलाई मतदान गर्ने बताए ।

“जनार्दन शर्माले चुनाव जित्नुहुन्छ भन्ने कुरामा त म कत्ति पनि विश्वास गर्दिन । ४८ सालमा पनि मैले उहाँलाई हराएको हो ।” शाहले भने ।
यसपटकको चुनावमा पनि ५ हजार मत अन्तरले शर्मालाई पराजित गर्ने दाबी शाहको छ ।

शर्मा शक्तिशाली नेता नभएको बताउँदै शाहले अनैतिक नेताको संज्ञा दिए । नैतिकता नभएकाले विपक्षी दलसँग गठबन्धन गर्ने तर सरकारमा विना विभागीय भइरहदा पनि राजिनामा दिन नसकेको शाहको भनाई छ ।

विना विभागीय मन्त्री भएर प्रधानमन्त्रीको बैठकमा सरकारको एउटा खरदार मुखिया बसे झैँ बस्ने गरेको कटाक्ष शाहले गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot