Logo

काँग्रेस सभालाई लक्षित गरी सकेट बम



चरिकोट, दोलखा, ७ मंसिर (रासस) : नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ ।

सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो ।

सकेट बम राखिएको स्थानमा काँग्रेसले आज आमसभाको आयोजना गरेको छ । उक्त आमसभालाई काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सम्बोधन गर्ने कार्यक्रम छ ।

स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि खबर गरेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्