Logo

अर्काको नागरिकता प्रयोग गर्ने म्यादी प्रहरी पक्राउ



अछाम, ७ मंसिर  : अछाम जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादी प्रहरीमध्ये एकजना नक्कली म्यादी पक्राउ परेका छन् ।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीमध्ये किर्ते नागरिकता पेश गरी भर्ना भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिनुभयो ।

तुर्माखाद गाउँपालिका–४ बस्ने १८ वर्षीय सुरेश नेपालीले आफ्नै गाउँको जिल्ला बाहिर रहेका व्यक्तिको नागरिकता पेश गरी म्यादी प्रहरीमा भर्ना भएको खुल्न आएको र निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको बताइएको छ । जिल्लामा एक हजार २४३ जना म्यादी प्रहरी छन् ।

प्रत्यक्षतर्फ महिला उम्मेदवार छैनन्

आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अछाममा कुनै पार्टीबाट एकजना पनि महिला उम्मेदवार छैनन् । जिल्लामा महिला मतदाताको संख्या पुरुषको हकमा बढी रहे पनि महिलाको उम्मेदवारी नपर्नु दुःखद भएको महिला नेत्रीले बताएका छन् ।

राजनीतिक दलहरुले महिलामाथि विश्वास नगरेकै कारण जिल्लामा प्रत्यक्षतर्फ महिला उम्मेदवार शून्य रहेको उनीहरुको भनाइ छ । साँफेबगर नगरपालिकाका उपप्रमुख विरमला बुडथापाले राजनीतिमा जति ठूला कुरा गरे पनि पार्टीभित्र नै महिलालाई पछाडि पार्ने काम भइरहेको बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्