Logo

‘वाम सरकाले नेपाललाई दक्षिण एसियाकै नमूना बनाउने’ : ईश्वर पोखरेल



त्रिशूली, नुवाकोट, ७ मंसिर : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वाम गठबन्धन निर्वाचनको लागि मात्र नभएको बताउनुभएको छ ।

नुवाकोटको बट्टारमा आज आयोजित चुनावी सभामा उहाँले कसैले कुनै पनि भविष्यसम्म एकढिक्का भएर अघि बढ्न कार्यकर्तामा आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले निर्वाचनपछि एमाले–माओवादी गठबन्धनको बहुमतको सरकारले आगामी पाँच वर्षपछि नेपाललाई दक्षिण एसियाकै नमूना देश बनाउने दाबी गर्नुभयो ।
वाम गठबन्धनको सरकारले मात्र देशका विद्यमान समस्याको समाधान गर्ने बताउँदै उहाँले भन्नुभयो, “सामाजिक न्यायसहितका समतामूलक समाज निर्माण गर्ने, सबै जनतालाई
निःशुल्क शिक्षा, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई जीवनयापनका लागि आवश्यक भत्ता व्यवस्था गर्ने, विदेशी निर्भरता हटाएर नमूना देश बनाउनेछौँ ।”

सभालाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कम्युनिष्ट एकता देखि नसहने अधिनायकवादीले नै कम्युनिष्ट सरकारले अधिनायकवाद ल्याउँछ भनेर हल्ला फैलाएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्