Logo

ठेकेदारलाइ ठाँउमा, विकास गाउँ गाउँमा : आरजु राणा देउवा



धनगढी, ७ मंसिर । प्रदेश नम्बर सातको एकमात्र उपमहानगरपालीका धनगढीको बारमासे समस्या डुवान र कटान हो । खोला नाला अतिक्रमण हुनु, उचित ढल निकासको व्यवस्था नहुनु र निमार्णको जिम्मा पाएका ठेकेदारको लापरवाहि जस्ता कारणले पनि धनगढीको मुहार उज्यालो हुन सेकेको छैन् । विकास कमसल हुनुका पछाडि निमार्णको जिम्मा पाएका ठेकेदारको मनोमानी र लापरवाहि रहेको कागे्रस नेतृ तथा कैलाली क्षेत्र नम्बर पाँचकी प्रतिनिधीसभा उमेद्धार आरजु राणा देउवाले बताउनुभएको छ ।

विहिवार प्रेस युनियन धनगढीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ देउवाले कमसल निमार्ण र ठेकेदारको मनोमानीले पनि धनगढीमा डुवान र कटान समस्या बल्झेको बताउनुभयो । ‘अतिक्रमण गर्ने र कमसल निमार्ण गरि आँखामा छारो हाल्ने ठेकेदारलाइ ठाउँमा ल्याउन आवश्यक छ’ नेपाली कागे्रस कैलाली क्षेत्र नम्बर पाँचकि उमेद्धार आरजु देउवा राणाले भन्नुभयो ‘ ठेकेदारलाइ ठाँउमा नल्याए विकास गाउँमा जादैन् ।’ ‘विकास गरे जस्तो गर्ने ठेकेदारलाइ आफुलाइ पनि भेट्ने मन भएको उहाँले बताउनुभयो ।

‘ठेकेदारको निमार्ण कार्य एकदमै कमसल छ ’ उहाँले भन्नुभयो ‘दिगो विकासका लागि निमार्ण कार्य गुणस्तर हुन आवश्यक छ, मलाइ ठेकेदार बोलाएर उहाँ सँग कुराकानी गर्ने मन छ । ’ धनगढीका अधिकासं वडामा अहिले पनि केहि घण्टा मात्रै पानी पर्यो भने नगर क्षेत्रका अधिकांश ठाउँको जनजीवन कष्टकर हुने गर्दछ । डुवान समस्या अन्त्य गर्ने आशाले बषौँ देखी बसेका स्थानीयबासिका आशा पुरा हुन सकेका छैन् ।

यस क्षेत्रको प्रमुख समस्या कटान र डुवान नै हो । ‘स्थानिय नदि तथा खोलमा पुल अझै अप्रयाप्त छन्, हामि सँग प्रयाप्त बजेट छ तर विकास निमार्णमा लगाउन सकेका छैनौ’ ‘मेरो प्रमुख एजेण्डा ढल निकास र दिगो विकासमा नै हो’ देवाले भन्नुभयो । नेपाली कागे्रसकी नेतृ तथा प्रधानमन्त्री पत्नी देउवाले आफु यहाँका समस्यामा जानकार रहेको भन्दै आफुले जिते कटान र डुवान रोक्ने र गाउँ गाउमा सडकको स्तरोन्नती गर्ने बताउनुभयो ।

‘धनगढी उपमहानगर भइसके पनि ग्रामिण क्षेत्र जस्तो छ,साधुँरा बाटा, विद्युत र खाने पानीको समस्या विद्यमान् छन्’ नेतृ देउवाले भन्नुभयो ‘सरकारी संयन्त्र र नितीलाइ बलियो बनाइ विकास निमार्णका काम सुरु गर्नु पर्छ ।’ डुवान र कटानबाट नगर भित्रैका कतिपय घर धुरी निकै जोखीममा रहेको भन्दै उनिहरुलाइ अन्यत्रै बसाइ सराइ गर्ने व्यस्था मिलाउन प्रयास गर्ने उहाँले बताउनुभयो । बेलाबेलामा नदिले धार परिवर्तन गर्दा कटानी र ढलको उचित व्यवस्थापन नहुँदा डुवान हुने गरेको उहाँको भनाइ छ । ‘अबका केहि वर्ष जलवायु परिवर्तनका कारण कहिले धेरै वर्षा हुने र कहिले सुख्खा हुने जोखीम उच्च छ’ नेतृ देउवाले थप्नुभयो ‘हामिले प्राकृतिक विपतको समयमै उच्च सतर्कता अपनाउन आवश्यक छ ।’

चुनावको प्रचार प्रसारमा व्यस्त नेतृ देउवाले सेती अञ्चल अस्पतालको स्तरोन्नती गर्ने दोह्रो¥याउनु भयो । ‘जनसंख्याको चाप उच्च भए पनि अस्पतालमा आवश्यक पुर्वाधार र शैयाको अभाव छ’ उहाँले भन्नुभयो ‘म जस्तो सबै सचेत नागरीकले निर्धक्कका साथ सेती अञ्चल अस्पतालबाटै उपचार गराउने बाताबरण बनाउन आवश्यक छ, ‘मैले जिते वा हारे भने पनि अस्पतालको स्तरोन्नती गर्ने मेरो प्रण छ उहाँले भन्नुभयो ।’ क्षेत्र नम्बर पाँचमा गरिब र धनीको खाडल निकै फराकिलो रहेको आँफुले पाएको उहाँको तर्क छ ।

‘नगरका ग्रामिण क्षेत्रका कृषक सँग अझै पनि क्रृण लिन सक्ने सम्म क्षमता छैन्, उहाँले भन्नु भयो ‘पाहाडी भुभागका नागरिकको भन्दा यहाँ ठुलो गरिबी छ ,यो खाडल पुर्न सरकारले गरिबको उत्थानका लागि विषेष निती तथा कार्यक्रम अबल्बन गर्नु पर्दछ । उहाले ५ नम्वर क्षेत्रका अधिकांश ठाउमा ऐलानी जग्गाको समस्या रहेको उल्लेख गर्दै उहाले त्यसको व्यवस्थापनका लागी आफुले विषेश पहल गर्ने वताउनुभयो ।

जुन ठाउमा वसिरहनु भएको छ त्यो ठाउमा निर्धक्क संग वस्नुस तपाइहरुलाइ कसैले उठाउदैन त्यसको जिम्मा म लिन्छु उहाले भन्नुभयो । कागे्रस नेतृ आरजु राणा देउवाको पहलमा सेती अञ्चल अस्पतालमा डाइलाइसिस मेसिन तत्काल पठाउने मन्त्रालयको तयारी सेती अञ्चल अस्पतालमा डाइलाइसिस मेसिन बिग्रेको लामो समय पछि थप मेसिन आउने आशा पलाएको छ । लोकातान्त्रिक गठबन्धनबाट कैलाल क्षेत्र नम्बर पाँचकि उम्मेद्धार डा. आरजु राण देउवाले डाइलाइसिस लागाएत अस्पतालको सेवा प्रवाह सुधारमा पहल गर्ने जनाए पछि मन्त्रालयले समेत चाडैँ प्राविधक र थप मेसिन पठाउने जनाएको छ ।

अस्पतालमा डाइलाइसिसका बिरामीहरु मर्कामा परेको थाहा पाए पछि देउवा आज अस्पताल पुग्नु भएको थियो । डा. आरजुको पहल पश्चात अबको एक हप्ता भित्रै अस्पतालका चारवटै मेसिनहरुबाट सेवा प्रवाह हुने अञ्चल अस्पतालले जनाएको छ । मृगौला सम्बन्धी रोगका लागि अत्यावश्यक मानिने डाइलाइसिस मेसिनबारे कागे्रस नेतृ आरजु राणा देउवाले आज अस्पतालमै पुगेर जानकारी लिनुभयो ।

मृगौला सम्बन्धी रोगका लागि अत्यावश्यक मानिने डाइलाइसिस मेसिनबारे कागे्रस नेतृ आरजु राणा देउवाले आज अस्पतालमै पुगेर जानकारी लिनुभयो । तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको पालामा सुरु भएको सेती अञ्चल अस्पतालको डाइलोसिस सेवा विस्तार हुनुको साटो एक वर्षमै बन्द हुने अवस्थामा पुगेको भन्ने गुनासो पछि देउवा सेती अञ्चल अस्पताल पुग्नु भएको हो । नेतृ देउवाले मन्त्रालयमा सम्पर्क गरि थप डाइलाइसिस मेसिन मर्मत तथा नयाँ मेसिन पठाउन आग्रह गर्नुभएको हो ।

चारवटा डाइलाइसिस मेसिन रहेको अञ्चल अस्पतालमा २ वटा मेसिन बिग्रीएर थन्किएको लामो समय पछि अर्को मेसिनमा पनि खराबी आउदा सेवा प्रवाहमा समस्या भएको थियो । अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. कपलि गौमले केन्द्रबाट प्रविधिक आउने तयारी भइरहेकाले अबको एक हप्तामै अस्पतालका चारवटै मेसिनबाट सेवा प्रवाह गरिने बताउनु भयो । सात नम्बर प्रदेशमै डाइलाइसिस सेवा प्रदान गर्ने एक मात्र स्वस्थ्य संस्था अञ्चल अस्पतालमा अहिले सात नम्बर प्रदेशका २८ जनाले मृगौला रोगी डाइलाइसको उपचार गरिरहेका छन् ।

चारवटा मेसिन रहेको अस्पतालमा अहिले आकस्मिक प्रयोगका लागि राखिएको एउटा मेसिनबाट २८ जना बिरामीहले सेवा लिदा सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालले पटक पटक पहल गर्दा पनि मेसिन नआउँदा निरास वनेका यस क्षेत्रका मृगौला पीडितहरु नेतृ आरजुले मन्त्रालयमै सम्पर्क गरे पछि छिट्टै मसिन आउने प्रति आशावादी बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्