Logo

काँग्रेसलाई मात्र जनताको विश्वास : नेता सिंह



काठमाडौँ, ७ मंसिर : पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लामो र गौरवमय इतिहास बोकेको आफ्नो पार्टीलाई मात्रै जनताले विश्वास गर्ने दाबी गर्नुभएको छ ।

नेता सिंहले आज चनावी घरदैलोका क्रममा काँग्रेसले मात्र मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने जनाउँदै नयाँ खुलेका पार्टीलाई जनताले विश्वास गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका उहाँले भन्नुभयो, ‘‘अहिलेको निर्वाचन लोकतन्त्रवादी र साम्यवादीबीचको लडाईँ हो, जनतालाई स्वतन्त्रतापूर्वक जिउनका लागि लोकतन्त्र आवश्यक छ, त्यो स्वतन्त्रता काँग्रेसले जिते मात्र सम्भव छ ।” रासस



प्रतिक्रिया दिनुहोस्