Logo

रेखा थापाको नाचको तालमा पशुपतिशमशेर भोट माग्दै, छोरी देवयानी लखेटिइन्



८ मंसिर, काठमाण्डौ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पशुपति शमशेर राणाले चुनाव जित्नका लागि सबै विकल्पको प्रयोग गरेका छन् । नेपाली कांग्रेसकोसमेत समर्थनमा उम्मेदवार बनेका राणा पछिल्लो समय जिल्लाको भिर पहरा र ग्रामिण वस्तीमा भोट माग्न व्यस्त छन् ।

उनलाई चुनाव जिताउनका लागि भारतमा रहेका छोरी देवयानी राणासमेत अहिले नेपाल आएकी छिन् ।
पशुपति शमशेर राणा पुत्री देवयानी बुवाको चुनावी प्रचारमा भारतबाट सिन्धुपाल्चोक नै पुगेकी हुन् ।

उनले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ स्थित विभिन्न चुनावी कार्यक्रममा सम्बोधन गरेकी छिन् । आफूले महिलाको हकमा काम गर्ने प्रतिबद्धता जनाउँदै बुवालाई जिताउन अनुरोध गरिन् ।

यसैबिच शुक्रबार मौन अवधिमा चुनावी सभा गरेको भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्षसमेत रहेका पशुपति शमशेर जबराकी छोरी देवयानीलाई सिन्धुपाल्चोकमा वामपन्थी कार्यकर्ताले अवरोध गरेका छन् । बुबालाई चुनाव जिताउन केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएकी देवयानीलाई वामपन्थी कार्यकर्ताले आक्रमण प्रयास गरेपछि सुरक्षाकर्मीले स्कर्टिङ गरेर काठमाडौं पठाएका थिए ।

राणालाई भोट माग्नका लागि नायिका रेखा थापा पनि सिन्धुपाल्चोक पुगेकी थिइन् । नायिका थापा बिहीबार साँगाचोक भीमटारस्थित पिछडिएका अल्पसंख्यक समुदाय माझीगाउँमा पुगेर राणाका लागि भोट मागेकी थिइन् ।

केही समय फिल्मकर्म स्थगित गरेर उनी चुनावी अभियानका लागि त्यहाँ पुगेकी हुन् । उनी राप्रपा प्रजातान्त्रिककी सहमहामन्त्री पनि हुन् ।
बुढेसकालमा चुनाव लडेका राणा यसपटक जसरी भए पनि चुनाव जित्नुपर्ने चुनौतिमा उभिएका छन् । त्यसैले पनि उनले मतदाता रिझाउनका लागि ठूलै रकम खर्च गरेको बताइएको छ ।

अध्यक्ष राणा सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्याको प्रतिस्पर्धामा छन् । राणाका प्रतिस्पर्धी वा गठबन्धनका शेरबहादुर तामाङ हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot