काठमाडौं, ८ मंसिर । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल ज्याम’ आयोजना गरेको छ ।
आफ्ना कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीको सेवालाई थप परिस्कृत बनाउने उद्देश्यले बिहीबार ‘डिजिटल ज्याम’ आयोजना गरिएको कम्पनीले जनाएको छ ।
त्यसमा आजिआटा ग्रुपअन्तर्गतका १२ हजार कर्मचारी सहभागी भएको जनाइएको छ ।