Logo

खोकी लागेको बेला खानु हुँदैन यस्ता खाना



काठमाडौं, ८ मंसिर ।मौसम परिर्वतनसँगै धेरैलाई रुघाखोकीले सताउने गर्छ । कतिपय अवस्थामा यो सामान्य पनि हो तर, लामो समयसम्म खोकी लाग्दा यसले स्वास्थ्यमा जटिल समस्या ल्याउन सक्छ ।

सामान्य खोकीमा सुप, अदुवा, मह, भिटामिन सीयुक्त र मसालेदार खाना खानु फाइदाजनक हुन्छ । तर, केही यस्ता घरेलु सामाग्री पनि छन् जुन खोकी लागेको बेला सेवन गर्नु घातक हुनसक्छ । दुध खोकी लागेको बेला दुध वा दुधबाट बनेका उत्पादन सेवन नगर्दा राम्रो हुन्छ ।

यस्ता खानेकुराले श्वास नली, फोक्सो र घाँटीमा कफ जम्मा गर्छ । त्यसैले जबसम्म खोकी निको हुँदैन तबसम्म दुध र दुधले बनेको सामाग्रीबाट टाँढै बस्नु पर्छ । प्रशोधित खाना खोकी लागेका बेला प्रशोधित खाना सेवन गर्नु हुँदैन ।

यस्ता खानाले स्वास्थ्यमा थप जटिलता ल्याउँछ । जस्तैं वाइट ब्रेड, वाइट पास्ता, बेक्ड फूड, चिप्स जस्ता सामाग्री खोकी लागेको बेला खानु हुँदैन । यस्ता खानेकुराको साटो हरियो तरकारी, साग खानु फाइदाजनक हुन्छ ।

तारेको खाना फ्राइड फूड्स (तारेको) खानाले पनि खोकी झन् बढ्छ । फ्रेन्च फ्राइ र जंक फूड खोकी लागेको बेला खानु हुँदैन । अमिलो फल साइट्रिक एसिडयुक्त फल खानाले पनि खोकी बढाउँछ । यस्ता फल खानबाट परहेज गर्नुपर्छ ।

यसको साटो भुँई कटहर, तरबुज खानु राम्रो हुन्छ । जाडोको समयमा टमाटर, पालुँगोको सुप निकै मन पराउँछन् । यस्तै मुला र चिसो पदार्थ खानबाट पनि टाढै बस्नु पर्छ । जस्तैं काँचो टमाटर, दूध, दहीको सेवनले कफ बढाउने काम गर्छ । (एजेन्सीको सहयोगमा) #खोकी #दुध #अमिलो फल

 



प्रतिक्रिया दिनुहोस्

Screenshot