Logo

मौन अवधि सुरु भएसँगै आयोगले सुरु गर्यो कडा अनुगमन, काठमाडौमा आयुक्त नै फिल्डमा उत्रिए (फोटोफिचर)



काठमाडौं, ८ मंसिर । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरात १२ बजेपछि सुरु हुँदैछ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन।
निर्वाचन आयुक्त सुधिर शाहले काठमाडौंका विभिन्न ठाउँमा टाँसिएका पर्चा, पम्पलेटहरु निकाल्नको लागि टोलीको नेतृत्व गरेका छन् । शाहले काठमाडौंको बौद्धबाट यो अभियान सुरु गरेका छन् ।

मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न निर्वाचन आयोगले सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

मौन अवधिमा एसएमएस, फेसबुक, ट्विटर, भाइबरजस्ता विद्युतीय माध्यमबाट समेत निर्वाचन प्रचार प्रसार गर्न नपाइने उनले बताए।
तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot