Logo

कांग्रेसको नयाँ रिपोर्ट बाहिरियो : प्रत्यक्षतर्फ ७० सिट जित्ने दाबी



काठमाडौं, ८ मंसिर । यही मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कुन दलले बाजी मार्ला भनेर अहिल्यै नै भन्नु गलत हुन्छ । तर, नेपली कांग्रेसका शीर्ष नेताहरुको बैठकले कति सिट जित्ने भन्ने कुराको गोप्य रिपोर्ट तयार पारिसकेको छ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले देशव्यापी रुपमा पार्टीले राम्रो नतिजा ल्याउने विश्वास शीर्ष नेताहरु सम्मिलित बैठकमा दिलाएका छन् । स्रोतका अनुसार कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये ७० सिट जित्ने दाबी गरेको छ। देशभरिका ठाउँ–ठाउँबाट पाएको रिपोर्ट अनुसार देउवाले यस्तो दाबी गरेका हुन् ।

कांग्रेसका चुनाव परिचालन समितिका संयोजक बालकृष्ण खाँणले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा भने,‘हामीसँग देशभरिको रिपोर्टहरु आईरहेका छन्, हामी ७० सिट प्रत्यक्षमा जित्छौं, कसले कहाँ जित्दैछन् भन्ने पनि हामीसँग गोप्य रिपोर्ट आईरहेको छ।’

काँग्रेसले १६५ निर्वाचन क्षेत्र मध्ये ७० स्थानमा प्रतिनिधि सभाको सदस्य पदमा विजय हुने गोप्य दस्तावेजमा उल्लेख गरिएको स्रोतको दाबी छ ।

मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको चुनावमा कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चुनावी चुनावी तालमेल गरेको छ । त्यस्तै कांग्रेसले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राजपा नेपालसँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेको छ ।

उच्च स्रोत भन्दछ पछिल्लो समय काँग्रेसको पक्षमा भनौ वा लोकतन्त्रवादीको पक्षमा जनलहर ह्वात्तै बढेको र बाम गठबन्धन धरापमा पर्दैगएको छ । १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १५४ मा कांग्रेसले आफ्ना उम्मेदवार उठाएको छ। जस मध्येबाट ७० स्थानमा जित्ने उनीहरुको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot