Logo

देउवामाथि ओलीको हमला : हामी प्रजातन्त्रका लागि आन्दोलन गरिरहँदा लण्डनका सडक पाउरोटी खाँदै गरेकाहरुले लोकतन्त्र सिकाउनुपर्दैन



कञ्चनपुर, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि दुई तिहाईको वाम सरकार बन्ने दाबी गरेका छन् । उनले एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले सरकार बनाएपछि मुलुक समृद्धि र बिकासमा मात्र केन्द्रित हुने धारणा राखे ।

शुक्रबार सुदुरपश्चिम कंचनपुर जिल्लाको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले वाम गठवन्धनले शक्तिशाली सरकार बनाउने र त्यसपछि नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्ने दाबी गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका उनले अघि थपे,‘हामीले २०४६ सालमा प्रजातन्त्रका लागि आन्दोलन गरिरहँदा लण्डनका सडक पाउरोटी खाँदै गरेकाहरुले हामीलाई लोकतन्त्र सिकाउनु पर्दैन।’

वाम सरकारले बिदेशमा श्रम गरिरहेका ४० लाख युवालाई देशमै रोजगारी सृजना गरी फिर्ता ल्याइने पनि बताए । आफ्नो सरकारले युवाहरुलाई स्वरोजगार बनाउनका निम्ति शैक्षिक प्रमाणपत्र राखेर ऋण उपलब्ध गराउँदै आएकोमा त्यसलाई निरन्तरता दिइने ओलीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot