Logo

समग्र मधेशको विकास नभएसम्म मधेशमा आन्दोलन भइरहन्छ : नेता महतो



महेन्द्रनगर, धनुषा, ८ (रासस) : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जबसम्म समग्र मधेशको विकास हुँदैन, तबसम्म मधेशमा कुनै न कुनै आन्दोलन भइरहने बताउनुभएको छ ।

मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका नेता महतोले मधेश विरोधीलाई चुनावबाटै पराजित गरेपछि मात्रै सिङ्गो मधेशले सफलता पाउने बताउनुभयो ।

शुक्रबार धनुषाको हाँसपट्टिमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतोले मधेशी जनतामाथि वर्षौंदेखि विभेद हुँदै आएकाले त्यो विभेद अन्त्य गर्न र मधेशी, थारू, आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडिएका तथा अन्य पीडित वर्गका समुदायलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधनका लागि पनि मधेशी जनताले राजपालाई मत दिनुपर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot